ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा भएको पेट्रोलियम अन्वेषणमा चट्टान बाधक, १० वटा इनार खन्दा एउटा मात्र सफल


एबीसी न्यूज
मंसिर १०, २०७६ मंगलबार  ३ : १८ बजे

काठमाडौं, १० मंसिर । दैलेखको श्रीस्थानमा पेट्रोलियम पदार्थको अन्वेषणमा प्रयोग भएका मेसिनहरु बिग्रँदै गएका छन । जमिनको करिब १५ देखि १८ मिटर मुनिबाट ड्रिलिङ गर्नुपर्ने भए पनि अधिकांश ठाउँमा कडा चट्टान भेटिएपछि अन्वेषण प्रयोग गरिएका मेसिन विग्रिएका हुन । चट्टानका कारण मेसिनहरू छिटो बिग्रन थालेको अन्वेषण टोलीका मानव संसाधन प्रमुख सूर्यमणि लामिछानेले बताउनुभएको छ । सर्भे र ड्रिलिङको काम तीव्र गतिमा हुनुपर्ने भए पनि भौगोलिक विकटता र कडा चट्टानका कारण समस्या उत्पन्न भएको प्रमुख लामिछाने बताउनुहुन्छ । मुख्य सर्भेको काम १२ लाइनमा हुने गरेपनि दैलेखमा दुई लाइनमा काम भईरहेको छ ।

चट्टानका कारण अन्वेषण क्षेत्रमा ल्याइएका २० मध्ये अधिकांश मेसिन बिग्रिएका छन । मेसिन मर्मत गर्दै काम गरिरहेको अन्वेषण टोलीले जनाएको छ । अहिले १० वटा मेसिनले नियमित काम गरिरहेका छन । समथर भूभाग भएको भए दिनमा ३० देखि ४० स्थानमा ड्रिलिङ सकिने प्रमुख लामिछाने बताउछन । उहाँका अनुसार १५ किलोमिटर आसपासमा फैलिएको पेट्रोलियम पदार्थको अन्वेषण गर्न विभिन्न स्थानमा सर्भे र डिलिङको काम भइरहेको छ ।

पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण भीरपाखा र खेतबारीमा समेत भइरहेको छ । टोलीले अन्वेषणको कामका लागि चार समूह विभाजन गरेको छ । अहिले तीन समूहले मिलेर अन्वेषणको काम गरिरहेको प्रवर्द्धन परियोजना विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले बताउनुभो ।  अन्वेषण टोलीको नेतृत्व चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएनले गरिरहेका छन् ।

हाम्रो देशको तराई र चुरे पेट्रोलियम पाउन सकिने सम्भावित भू–क्षेत्र हो । ५०,००० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो क्षेत्रलाई बराबर जस्तो हुने गरी उत्तरबाट दक्षिणतिर १० अन्वेषण खण्डमा विभाजन गरिएको छ ।

 

नेपालमा पहिलोपटक पेट्रोलियम कार्य गर्न सम्झौता गरिएका कम्पनी रोयल शेल र अमेरिकी ट्राइटन कम्पनीले मोरङको बाहुनीमा एउटा इनार खन्न (अन्वेषण) मात्रका लागि १९८९ ताका एक करोड ७० लाख अमेरिकी डलरभन्दा बढी (रु. एक अर्ब ७० करोडभन्दा बढी) नै खर्च गरेको आधिकारिक अभिलेख छ ।

अन्वेषणबाट कदमकदाचित हाइड्रोकार्बनको सङ्केत पाइयो भने, सर्वप्रथम सो भण्डारको विकास गर्न ‘लाभप्रद’ छ छैन भनेर मूल्याङ्कन गरेर सो सकारात्मक भए उत्खनन्को अर्को चरण शुरु हुन्छ । यसरी अर्को चरणमा अन्वेषण गर्दा पहिलो चरणको अन्वेषणमा गरिएको खर्चको तुलनामा १० गुणा बढी खर्च लाग्ने अन्तर्रािष्ट्रय पेट्रोलियम उद्योगको अभ्यास देखिएको छ ।

अन्तराष्ट्रिय पेट्रोलियम उद्योगको अनुभवमा सामान्यतया १० वटा इनार खन्दा (ड्रिलिङ) एउटा मात्र सफल हुन्छ । पेट्रोलियमको अन्वेषण र विकासमा गरिने लगानी उच्च जोखिमयुक्त रहेको हुन्छ । युनाइटेड स्टेट्स जियोलजिकल सर्भेको १९९३ मा प्रकाशित एक प्रतिवेदनमा पृथ्वीमा करिब २.१ देखि २.८ ट्रिलियन ब्यारेल उत्खनन् गर्न सकिने (रिकभरएबल) पेट्रोलियमको भण्डार छ ।

यसमध्ये दुईतिहाइ भण्डार मध्यपूर्वमा पर्छ । यस अतिरिक्त रुस, भेनेजुयला र नाइजेरियामा पेट्रोलियममका ठुल्ठूला भण्डार छन, यस्तै अमेरिकामा पनि पेट्रोलियम पदार्थको निकै ठूलो भण्डारण छ, जसलाई अमेरिकाले उत्खनन् नगरी राखेको छ । हाम्रो देशको तराई र चुरे पेट्रोलियम पाउन सकिने सम्भावित भू–क्षेत्र हो । ५०,००० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो क्षेत्रलाई बराबर जस्तो हुने गरी उत्तरबाट दक्षिणतिर १० अन्वेषण खण्डमा विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

हतारमा श्रममन्त्री हटाए प्रधानमन्त्री, गृहमन्त्रीमाथि गम्भीर आरोप उठ्दा सरकार मौन

सम्बन्धित

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com