ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
मंसिर १०, २०७६ मंगलबार  १२ : ३८ बजे

हेटौंडा, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती उपयुक्त हुने वताउनु भएको छ । आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरु संगको गोप्य भेटका क्रममा सुरक्षा लगायतका विभीन्न कारणले पनि प्रदेशको स्थायी राजधानी हेटौंडा नै उपयुक्त हुने वताउनुभयो ।

वैठकमा सहभागि प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावाजोर्जे लामाका अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती तोकिने भनेर अध्यक्ष प्रचण्डले वताउनु भएको जानकारी दिनुभएको छ । बैठकपछी बाहिरीए लगतै मन्त्री लामाले भन्नुभयो–‘प्रदेशको नाम वागमती र स्थायी राजधानी हेटौंडा भन्नुभएको छ ।’ प्रदेशको राजधानी र नामाकरणको विषयमा प्रचण्डले आफु काठमाण्डौ गए लगतै छलफल चलाएर टुङ्ग्याउने जानकारी गराउनुभएको वताउँदै वैठकका अर्का सहभागि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भन्नुभयो–‘नाम र राजधानी छिट्टै टुङ्ग्याउनुपर्छ । संघीयतालाई स्थायीत्व गराउन पनि यो काम पनि छिट्टै गर्नुपर्छ । अहिलेको प्रस्ताव मध्य सुरक्षा र पूर्वाधारका हिसावले पनि हेटौंडा उपयुक्त हुन्छ भन्नुभएको छ ।’

संघीयताको पहिचानको कुरा हामीले उठाएको उठाएको वताउँदै प्रचण्डले छलफलका क्रममा भन्नुभयो–‘संघीयतामा पहिचानका कुरा हामीले उठाएका हौं । ताम्सालिङ, नेवा हामिलेनै भनेका हौं । बागमती सर्वैको साझा र सभ्यता भएकाले यो नाम उपयुक्त हुनसक्छ ।’ प्रदेशको नाम र राजधानीका विषयमा पहिले पाटीमा छलफल गरेर यहाँको संसद वैठकले निर्णय गर्ने अध्यक्ष प्रचण्डले वताउनुभयो । पूर्ण जिमेवारी भने यहाँको संसद वैठकको रहेको वताउनुभयो ।

नेकपा मकवानपुरले आज मुख्यमन्त्री निवासमा गरेको कार्यकर्ता भेटघाटका अवसरमा अध्यक्ष प्रचण्डले छिटो भन्दा छिटो प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउने जानकारी गराउनुभयो । नाम र राजधानीको काम सकिएपछी विकासको काममा लाग्नुपर्ने उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : संयोजक शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com