काठमाडौं, ९ मंसिर । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको पदरभार ग्रहण गर्नुभएको छ । आज सोमबार निजी गाडी चढेर मन्त्रालयमा पुग्नु भएका यादवले पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । मन्त्रीपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार भएको भन्दै मन्त्री यादवले जिम्मेवारी लिनुभएको हो ।
सरकार पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले सत्ता साझेदार समाजवादी पार्टीसँग सल्लाह नलिएकाले पार्टीअसन्तुष्ट रहेको थियो । पछि तत्काल सरकार नछाड्ने भन्दै पदभार ग्रहण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्