काठमाडौं, ९ मंसिर । घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानलाई विद्यार्थीले कुटपिट गरेका छन् । ट्युसन फि बढाएको विरोधमा उत्रिएका विद्यार्थीहरुले क्याम्पस परिसरमै प्रमख न्यौपानेमाथि कुटपिट गरेका एक प्राध्यापकले बताए ।
न्यौपानेको नाक र ढाडमा चोट छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । क्याम्पसले शुक्रबार व्यवस्थापन समितिमार्फत ट्युसन शुल्क बढाउने निर्णय गरेको थियो । त्यो निर्णयको विद्यार्थीहरुले विरोध गर्दै आएको थियो
प्रतिक्रिया दिनुहोस्