काठमाडौं, ९ मंसिर । मन्त्रालयगत कार्य सम्पादन समीक्षा बैठक आज बस्दै छ। बेलुका ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रीहरु र सचिवहरुलाई बोलाइएको एक मन्त्रीले जानकारी दिए।
गत साउन १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच छुट्टाछुट्टै ‘कार्यसम्पादन सम्झौता’ भएको थियो। सोही अनुसार मन्त्रीहरुले पनि सचिव तथा विभागीय प्रमुखहरुसँग अर्को सम्झौता गरेका थिए।
सम्झौतामा उल्लेख भए अनुसारको कार्य प्रगति भए नभएको विषयमा चाररचार महिनामा मूल्यांकन गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उच्चस्तरीय संयन्त्र स्थापना गरिने बताइएको थियो।
प्रतिक्रिया दिनुहोस्