बर्दिया, ९ मंसिर । बर्दियाको मधुवन नगरपालिका वार्ड न ३ मा रहेको भगरैया ताल संरक्षणको अभावमा संकटग्रस्त बनेको छ । छिमेकी राष्ट्र भारतको सीमासंग जोडिएको भगरैया तालको संरक्षण हुन नसक्दा ताल लोप हुने अवस्थामा पुगेको हो । प्रदेश न ५ को बर्दिया जिल्ला मधुवन नगरपालिका वार्ड न ३ मा पर्ने भगरैया ताल प्रकृति निर्मित सम्पतीको रुपमा रहेको छ । त्यस क्ष्ँेत्रमा मानिसहरुको बसोवास सुरु हुदाको अवस्थामा नै यो तालको अस्तित्व रहेको स्थानिय जान्नेबुझ्ने बताउंछन् । करिब ३ किलोमिटर लम्वाई र ५ सय मिटर चौडाई रहेको ताल हाल अतिक्रमणको चपेटामा परेको छ ।
नेपाल भारत सीमाको दशगजा क्ष्ँेत्रनजिकै नेपालमा यो ताल रहेको छ । तालमा कुनै बेला माछा र सीगाडाको राम्रो कारोवार हुने गर्दथ्यो । यहा भारतिय नागरिकले माछा पाल्ने र सीगाडा उत्पादन गरेर लैजाने गर्थे । गणतन्त्र स्थापना पछि तालको वरीपरी क्षेत्रमा सुकुम्वासी वस्ती बसाल्न थालियो । त्यसपछि भने करिब ३ किलोमिटर लामो रहेको ताल करिब ५ सय मिटरमा सीमित बन्न पुगेको छ । तालको संरक्षण र प्रवद्र्धन गर्न सके मात्र आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने स्थानीयबासिन्दा बताउंछन् ।
बर्दियाको गुलरियादेखि पश्चिम करिब २२ किलोमिटर दुरीमा रहेको भगरैया ताललाई सरक्ष्ँण गरी आन्तरिक र बारह पर्यटक पर्बद्धन गर्नका लागी अहिले भगरैया ताल सिमसार क्ष्ँेत्र संरक्षण समिति गठन गरिएको छ । जिल्ला वन कार्यालय र खाता इलाका वन कायालय र विभिन्न संघ सस्थाको पहलमा तालको दक्षिणतिर माटोको पर्खाल लगाइएको छ । नगरपालिकाबाट वजेट बिनियोजन गरि संरक्ष्ँको कार्यलाई अघि बढाइएको छ ।
यस क्ष्ँेत्रमा थारु समुदायको बसोवास बढि रहेकाले तालमा जलदेवताको वास रहेको भनि पुजा हुने गरेको छ । यसकारण धार्मिक हिसाबले समेत पहिलेदेखि तालको संरक्ष्ँण हुंदैआएको थियो । तर मानवीय अतिक्रमण बढ्न थालेपछि ताल संकटमा पर्न थालेको हो ।
ताल आसपासका रहेका गाउघरको वर्षे पानी निकासीको लागी स्थानिय मानिसले खनेको कुलोबाट बहेको बालुवा र माटोले भरिदै तालको केहिभाग पुरिएको छ । पुरिएको क्षेत्रमा चौर र खेत बनेको छ । ताल पुरिने क्रम बढदो छ । पुरिएको तालको जमिन सुकुम्वासीको नाममा वितरण गरिएको छ । समयमै नसोच्ने हो भने भगरैया ताल इतिहासमा मात्रै समेटिने खतरा पनि बढदै गएको छ ।
नेपाल भारत दशगजासगै जोडिएको यो तालको संरक्ष्ँण र दिगो व्यवस्थापन गर्न अति नै आवश्यक देखिएकोछ । पछिल्लो पटक सरकारी निकायले केही चासो दिन थालेका छन् । विभिन्न संघ सस्थाले पनि त्यस क्ष्ँेत्रमा लगानि गर्न इच्छुक देखिएका छन ।
भगरैया तालमा गोहि, विभिन्न जातका माछा ,स्थानिय एवं आप्रवासी चराचुरुङ्गीको वासस्थाने छ । खाता जैविकमार्गमा पर्ने भएकोले त्यस क्षेत्रमा विभिन्न बन्यजन्तु हात्ति गैडा बाघको ओहोर दोहर हुने महत्वपुर्ण स्थान समेत बनेको छ । भगरैया ताल सीमसार क्ष्ँेत्रको संरक्ष्ँण विकास गरी पर्यटकिय विकास गर्न, बातावरणीय, पर्यावरणीय धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न सबैपक्षको सहयोग आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्