सिरहा, ९ मंसिर । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मधेसमा जति जातिय र लैंगिक विभेद छ त्यतिनै मधेसी र पहाडिया समुदायबिच विभेद देखिनु दुःखद रहेको बताउनुभयो । जागरण अभिायन धनुषा र मिशन बोर्डरका प्रतिनिधीहरुसँग आईतबार जनकपुरस्थित निवासमा सामुहिक भेट गर्दै परियारले उक्त धारणा ब्यक्त गर्नु भएको हो । प्रदेश २ मा जातिय र लैंगिक बिभेद अझै पनि चरम रुपमा रहेको पाइयो , प्रदेश प्रमुख परियारले भन्नुभयो , जातिय र लैगिंक विभेद रहेँ झैँ प्रदेश २ मा मधेसी समुदाय र पहाडे समुदायबिच बिभेद रहेको सुन्नमा आएको छ ।
प्रदेश प्रमुख परियारले हिजो कुनै पहाडिया समुदायका शासकले मधेसी समुदायलाई शोषण गरेकै हो , तर केहि पहाडिया समुदायका शासकले मधेस मधेसी समुदायप्रति गरेको बिभेदलाई नै आधार बनाएर सबै पहाडिया समुदायलाई बिभेद गर्नु दुखद भएको बताउनुभयो । पहाड , हिमाल र तराईलाई अलग्याएर हेर्ने मानसिकता त्यागेर समग्र प्रदेश २ मा जागरण अभियान चलाएर महिलालाई माथि उठाउनु पर्ने उहाँको भनाई थियो । जागरण अभियानका लागि सबै किसिमको सहयोग गर्न म तयार छु , प्रदेश प्रमुख परियारले भन्नुभयो ।
मिशन बोर्डरका प्रतिनिधीले हुलाकी राजमार्ग निर्माण ढिलासुस्ति र स्तरहिन बनेको भन्दै प्रदेश प्रमुखसँग गुनासो गरेका थिए । मिशन बोर्डरका प्रतिनिधीहरुको उक्त गुनासो सुने पछि प्रदेश प्रमुख परियारले यस बिषयमा सम्बन्धित निकायसँग यथाशिघ्र रुपमा जानकारी लिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्