काठमाडौं, ८ मसिर । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल जानु भएको छ । उहाँनियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी गएको एक स्रोतले बतायो।
गत साता ग्राण्डीमा प्रधामन्त्री ओलीको दुई पटक डायलासिस गराउनु भएको थियो । आज पनि प्रधानमन्त्री ओली डायलासिसकै लागि गएको बताइएको छ। प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौलाको प्रत्यारोपण भएको थियो। चिकित्सकहरूले उहँलाई डायलासिस वा मिर्गौलाको दोस्रो प्रत्यारोपणको विकल्प दिएका छन्।
प्रतिक्रिया दिनुहोस्