काठमाडौं, ६ मंसिर । एक युवतीलाई जवर्जस्ती मुखमैथुन गराएको आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु सहसचिव तथा इन्द्रहाङ राईलाई अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
प्रहरीले गत असोज १२ गते काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर १८ वर्षीया युवतीमाथि बलात्कार गरेको पीडितको उजुरीपछि राईलाई नियन्त्रणमा लिइएको थियो। महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेशबहादुर सिंहकाअनुसार राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। पीडित युवतीले राईले जवर्जस्ती मुखमैथुन गराएको प्रहरीमा बयान दिएकी छिन्। इन्द्रहाङ राई माथि लागेको आरोप पुष्टि भएमात्र पनि १० वर्षभन्दा धेरै समयको सजाई हुने छ ।
प्रतिक्रिया दिनुहोस्