काठमाडौं, ६ मंसिर । विश्व शान्तिको सूचीमा नेपालले प्रगति गरेको छ । विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो ।
इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ । आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, गैर–लाभकारी अनुसन्धान संस्था हो जुन विश्वमा शान्ति, सकारात्मकताप्रति सबै राष्ट्रलाई केन्द्रित गराउन समर्पित रहेको छ ।
आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा यसले १६३ स्वतन्त्र राष्ट्रहरुमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायत २३ संकेतकहरुको आधारमा मूल्याङ्कन गरि सूचित गर्ने गरेको छ । यस्तोमा पाँच वर्षपछि पहिलोपटक विश्व शान्तिको स्तरमा सुधार आएको रिपोर्टले देखाएको छ । २०१९ को रिपोर्टअनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको पाइएको हो ।
ग्लोबल पिस इन्डेक्सले १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्तिस्तर मापन गरेको थियो । सामाजिक सुरक्षाको स्तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वन्द्व, सैन्यकरणलगायत २३ विषय समेटेर सूची तयार पारिएको हो ।
विश्वकै सबैभन्दा शान्त राष्ट्रमा आइसल्याण्ड परेको छ भने अफगानिस्तान अन्तिम स्थानमा परेको छ । यसैगरी न्युजिल्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिङ्गापुर, स्लोभेनिया, जापान र चेज रिपब्लिक क्रमशः शीर्ष १० स्थानमा छन् ।
दक्षिण एशियामा भुटान सबभन्दा माथि अर्थात् १५ औं स्थानमा रहँदा श्रीलंका ७२ औं, बङ्लादेश १०१ औं, भारत १४१ औं र पाकिस्तान १५३ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्