ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौमासिक समीक्षा बैठकमा आउँदा प्रतिफल देखिने कार्ययोजना ल्याउन मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


admin
मंसिर ६, २०७६ शुक्रबार  १ : ०६ बजे

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री केपी ओलीले प्रतिफल निस्कने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिनुभएको छ। काम गरे नसकिने होइन भन्दै उहाँले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा आफ्ना कार्ययोजना ल्याउन समेत निर्देशन दिनुभयो।

चार दिनपछि चौमासिक समीक्षा बैठक हुन्छ, बैठकमा प्रष्ट कार्यायोजना लिएर आउनुहोला। त्यस अनुसारको काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो। सरकारको चौमासिक समीक्षा बैठक चार महिनामा बस्दै आएको छ।

ओलीले चिनियाँ राष्ट्रपति नेपाल आउँदा रातारात काम गर्न सक्ने अरु बेला नसक्ने भन्ने कुरा अब आफूलाई सहिय नहुने भन्दै प्रतिफल निकाल्ने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिनुभयो।‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला काठमाडौंका सडक ७ दिनभित्र सफाचट र टिलिक्क हुन सक्ने अरु बेला किन हुन नसक्ने भन्दै जनताले प्रश्न गरेका छन, अब दायाँबायाँ, यताउता केही छैन, सडक त्यस्तै बनाउनुहोस् सडकको काम असरल्ल बनाउने होइन, आइन्द यस्तो हुनु हुँदैन,’ प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन सुनाउँदै एक मन्त्रीले भन्नुभयो।

चार दिनभित्र प्रतिवेदन माग

उहाँले विकास निर्माणका काममा मन्त्रालयबीच समन्वय र सहकार्य हुनुपर्छ भन्दै मन्त्रीमन्त्रीबीच झगडा नभई राम्रो सम्बन्ध हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयलाई आफ्नो मातहतका कामको स्थितिबारे चार दिनभित्र प्रतिवेदनसमेत तयार गर्न निर्देशन दिनुभएको छ ।

“पहिले सडक पिच गर्ने, अनि पोल गाड्ने, अर्को निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने, अब यस्तो चल्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “भत्काउनु अघि कहिलेसम्म निर्माण भइ सक्छ, स्पष्ट योजना बनाउनुप¥यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन सहउपयोगको नीति अपनाउनुप¥यो ।” उहाँले मन्त्री र सचिवबीचको तालमेलसमेत नमिलेकाले मिलाउन आग्रह गर्नुभयो ।

अब विकासका निम्ति व्यवधान भएका पद्धति अन्त्य भएको उल्लेख गर्दैै उहाँले आफूहरुले अनुगमन गरिरहेकोले तलमाथि भए कारवाहीसमेत गर्ने जानकारी दिनुभयो । उहाँले पहिलो चौमासिकको पूँजीगत खर्चमा गत वर्षभन्दा राम्रो प्रगति नभएकाले सुधार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com