ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डपुत्र प्रकाशको दोस्रो स्मृति दिवस आज


एबीसी न्यूज

काठमाडौं, ३ कात्तिक । तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको मंगलवार दुई वर्ष पुगेको छ ।

युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला उनको निधन भएको थियो । दाहालको स्मृतिमा आज प्रचण्ड निवास खुमल्टारमा स्मृति सभा आयोजना गरिएको छ । अध्यक्ष प्रचण्डको निजि निवास खुमलटारमा दीप प्रज्वलन गर्दैछ। दोस्रो स्मृति कार्यक्रम आन्तरिक रुपमा घरमा नै गर्न लागिएको खुमलटारमा स्रोतले जानकारी दिएको छ।

प्रकाशको संक्षीप्त परिचय

वि.सं २०३८ असार १७ गते बुवा पुष्पकमल दाहाल र आमा सीता दाहालको कोखबाट चितवनको भीमसेननगरमा उनको जन्म भएको थियो । पत्नी सृजना त्रिपाठीसँग वैवाहिक सम्बन्धमा रहँदै उनले विना मगरसँग विवाह गरेका थिए । दुबै पत्नीका तर्फबाट उनका दुई छोरा छन्, प्रसिद्ध र प्रणव । प्रकाशले २०६९ जेठ ९ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । २०५७ मा तत्कालिन नेकपा माओवादीका पूर्णकालीन कार्यकर्ता बनेका प्रकाशले बुवा प्रचण्डको सचिवालय, अंगरक्षक तथा व्यवस्थापन सम्हाले ।

१२ बुँदे सम्झौता, शान्ति सम्झौता लगायतका राजनीतिक परिवर्तनमा उनको महत्वपूर्ण योगदान रह्यो । सूचना प्रविधिमा विशेष दखल राखेको प्रकाशलाई मिडियामैत्री व्यक्तित्वका रुपमा चिनिन्थ्यो । अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन र सुरक्षामा विशेष योगदान दिएका उनले प्रचण्डको दोस्रो प्रधानमन्त्रीकाललाई व्यवस्थित बनाउन कुनै कसर बाँकी राखेका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com