ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पूर्वराजदुत श्यामशरण एकाएक किन आए काठमाडौं ?


एबीसी न्यूज
मंसिर २, २०७६ सोमबार  ११ : ५० बजे


काठमाडौं,२ मंसिर  ।  सरकारको नेतृत्व गरिरहेको पार्टीभित्र कार्य विभाजनमा देखिएको समस्या, सरकार पूर्नगठन र भारतले कालापानी क्षेत्रमा गरेको अतिक्रमणको विरोधका बिच नेपालका लागि भारतीय पूर्वराजदुत श्यामशरण नेपालआएका छन् ।

यति बेला श्यामशरण किन आए ? उनले ल्याएको भारतीय सन्दश के छ ? भन्नेमा अहिले राजनीतिक क्षेत्रमा निक्कै चासोका साथ हेरिएको छ । पुर्वराजदुत श्यामशरण आफनो नेपाल भ्रमण औपचारिक कार्यक्रमका लागि मात्र भएको देखाउन खोजेपनि भ्रमणको कार्यतालिका सार्वजनिकसँगै राजनीतिक भेटघाट नै रहेको देखिएको छ ।

नेपालमा सरकारको नेतृत्व गरिरहेको पार्टीभित्र कार्यविभाजनमा देखिएको समस्या, सरकार पूर्नगठन, प्रधानमन्त्रीको स्वासथ्य उपचारको तयारी र भारतले कालापानी क्षेत्रमा अतिक्रमण गरेको नेपालको भूमिका विषयमा देशभित्र शुरु भएको विरोधका बिच शरण नेपाल आईपुगेका हुन् ।

होटल ¥याडिसनमा सोमबार आयोजना हुने पूर्न निर्माणसँग सम्बन्धित एक कार्यक्रमका लागि नेपाल आएको भनिएपनि एकाएक आगमनको भित्री रहस्य अन्य विषय नै रहेको स्रोतको जिकिर छ ।

इन्डिको एयरलाइन्सबाट काठमाडौं उत्रेका उनी हिजो सिधै आफु बस्ने होटल म्यारियटमा पुगेका थिए । यस अघि उनी काठमाडौं आउँदा प्रायः ¥याडिसन होटलमा बस्दै आएका थिए । भारतको विदेश सचिवका रुपमा समेत काम गरिसकेका श्यामशरण भारतीय सस्थापन पक्षको दुतका रुपमा नेपाल आएको चर्चा चलेसँगै उनले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा सम्मलाई भेटने कार्यक्रम रहेको श्रोतको भनाई छ ।

नेपालको भारतसँग चिसिन खोजेको सम्बन्ध र उत्तर छिमेकी मुलुक चीनसँगको बढ्दो सम्बन्धका कारण भारतिय पक्षको निर्देशनमा शरणको नेपाल आगमन भएको हुन सक्ने औंल्याईएको छ ।

भारतले श्यामशरणलाई दुत बनाएर पठाएको हुन सक्ने अनुमान नेपाली राजनीतिक वृत्तमा लगाउन थालिएको छ । कालापानी क्षेत्रको विवाद भारतीय पक्षले परराष्ट सचिव स्तरमा छलफल गरेर टुंगो लगाउन चाहिरहेको छ । तर नेपालमा भने यो विषय प्रधानमन्त्री स्तरमै कुटनीतिक वार्ता मार्फत टुग्याउनु पर्ने राजनीतिक तहमा तिव्र दवाव छ ।

उनी राजनीतिक भेटघाट आजै गर्ने तयारीमा छन् । मधेसी दलका केही नेताहरुसँग भने उनले हिजै (आईतबार) भेटघाट गरिसकेको बताईएको छ ।  हिजो (आईतबार) ४ वजे काठमाडौं आईपुगेका श्यामशरण होटल म्यारियटमा वसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com