घरेलु मदिरा बनाउन प्रयोग गरीने १३ सय ७५ लिटर कच्चा पदार्थ नष्ट



बझाङ, ३० कात्तिक । बझाङमा अवैध मदिरा बनाउन प्रयोग गरीने १३ सय ७५ लिटर कच्चा पदार्थ प्रहरीले नियत्रण गरी नष्ट गरेको छ ।
शनिबार बिहान मस्टा गाँउपालीका वडा नँ १ पुरी गाउँमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमको कमाण्डमा खटी गएको टोलीले घरमा चेकजाँज गर्दा अवैद घरेलुु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ लुकाई छिपाइ राखेको अवस्थामा बरामद थियो । बरामद गरेको कच्चा पदार्थ प्रहरी पत्रकार र राजनितीक दलको रोहवरमा नष्ट गरेको प्रहरी प्रमुख बमले जानकारी दिए

    Comment Here!


सम्बन्धित समाचार

View All