ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली नेतृत्व सरकारको अर्को सफलता : फलामखानीको सम्भाव्यता अध्ययन शुरु


एबीसी न्यूज


दमौली, ३० कात्तिक । सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा भएका फलामखानीको सम्भाव्यता अध्ययन गर्ने घोषणाबमोजिम तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

खानी तथा भू–गर्भ विभागबाट आएको चार जनाको टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । सोही फलामखानीको फलामबाट सयौँ वर्ष अगाडि भीमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको पुल निर्माण गरिएको थियो । हाल उक्त पुल जीर्ण अवस्थामा छ ।

भूगर्भविद् ठाकुरप्रसाद कँडेलले भक्कल सामुदायिक वन क्षेत्रमा फलाम रहेको जानकारी पाएपछि सर्वेक्षण गरिएको जानकारी दिनुभयो । कँडेलका अनुसार विभागको टोली एक हप्तादेखि यस क्षेत्रमा खटिएको छ । “वन क्षेत्रको जमीनमुनि करेन्ट पठाएर कति गहिराइसम्म फलाम छ भनेर अध्ययन गरिरहेका छौँ”, कँडेलले भन्नुभयो । उहाँका अनुसार भू–भौतिक सर्वेक्षण अप्रत्यक्ष विधि भएको र यो विधिबाट जमीनमुनि करेन्ट पठाइन्छ ।

जमीनको सतहमुनि कति गहिराइसम्म फलाम छ स्क्यान भएर डाटा देखिने उहाँले बताउनुभयो । सम्भाव्यता अध्ययनको प्रतिवेदन ३५ दिनभित्र विभागमा बुझाउने तयारी गरिएको छ । यसअघि पनि फलामखानीको अन्वेषण र सम्भाव्यता अध्ययन गर्न दुई पटकसम्म भू–र्गभविद्सहित विभागको टोली यस क्षेत्रमा आएको थियो ।

पहिलोपटक आएको टोलीले खानी भएको क्षेत्रको नक्साङ्कन गरेको र दोस्रोपटक आएको टोलीले खानीमा भेटिएका धातुको नमूना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा लगेको थियो । उक्त नमूना परीक्षण हुन बाँकी रहेको बताइएको छ । यस क्षेत्रको करीब ४२ वर्गकिलोमिटर क्षेत्रफलमा फलाम र तामाखानी फैलिएको छ । साँखेतर्फ क्याङ्दीखोलादेखि भक्कल वरपरका क्षेत्रमा फलामखानी र मिनामखानीको क्षेत्रमा तामाखानी भएको अनुमान छ ।

सरकारले गत वर्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँ, पर्वत र नवलपुरको फलामखानी उत्खनन गरी सञ्चालनमा ल्याउने बताएको थियो । फलामखानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएका शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । उहाँका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ । यसै क्षेत्रबाट निर्वाचित सांसद केदार सिग्देलले खानीको अन्वेषण र उत्खननमा सरकारले चासो देखाएको जानकारी दिनुहुँदै छिटोभन्दा छिटो अध्ययन सकेर खानी सञ्चालन गर्न दबाब दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com