भारत–पाकिस्तानबीचको लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु



काठमाडौं, ४ कात्तिक । भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । उनीहरुको नाम नेपालीजस्तो भए पनि कुन देशका हुन् भन्ने खुलाइएको छैन ।

गएराति पाकिस्तान नियन्त्रित कश्मिर ९पीओके०मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All