ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलम प्रकरणः मृतक र घाइतेहरुलाई ईटाभट्टासम्म लैजान प्रहरीकै स्कर्टिङ


एबीसी न्यूज


काठमाडौ, ३० असोज  । २०६४ चैत २७। दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।

श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन। उनी अन्योलमा थिए। चुनावका लागि केही घण्टा मात्र बाँकी थियो। स्थानीय कांग्रेस नेतृत्व मतदातालाई आकर्षित गर्न भरमग्दुर प्रयासमा थियो। सुरुमा उनले छोरो त्रिलोकलाई चुनावमा संलग्न गराउन आनाकानी गरे पनि कांग्रेस नेता आलमकै जोडबलमा अन्ततः चुनाव प्रचारप्रसार टिममा सहभागी हुने अनुमति दिए। यसरी आलमकै दबाबमा गाउँमा पिन्टु भनेर चिनिने त्रिलोकप्रताप चुनावी प्रचारप्रसारमा सहभागी भए।

त्रिलोकका पिता श्रीनारायणलाई धेरैपछि मात्र थाहा भयो कि उनका छोरालाई चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका घरमा बम बिस्फोट गर्ने अभिप्रायले बम बोक्ने कामका लागि प्रचासप्रसार टिममा समावेश गराइएको रहेछ। बम बिस्फोट गराएर मतदातामा डर पैदा गर्ने र बुथ कब्जा गर्ने नियत आलमको थियो।

बम बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा गरिएको थियो। पिन्टुसहित अर्का युवा ओसी अख्तरलाई यो काममा संलग्न गराइएको थियो। त्यो टिममा सहभागी भएपछि त्रिलोकसँगै अख्तर पनि कहिल्यै घर फर्केनन्।

१२ वर्षअघि भएको हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहमम्द आफताब आलमलाई प्रहरीकै सहयोग रहेको खुलेको छ ।

प्रहरीकै सहयोगमा आलमले २७ चैत २०६४ मा बम बिस्फोटमा परी मृत्यु भएका र घाइतेहरुलाई ईटाभट्टाको आगोमा झोसेर हत्या गरेको तथ्य खुलेको हो । घटनापछि अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को टोली घटनास्थल पुगेको थियो ।

आलमले बम बिस्फोटको प्रमाण नष्ट गर्न मृतक र घाइतेहरुलाई जलाएर मारेको त्यसबेला प्रत्यक्षदर्शीहरुले इन्सेकको टोलीलाई बताएका थिए ।

बम बिस्फोट भएको राजपुर फरहदवा गाउँबाट ईटाभट्टासम्म मृतक र घाइतेहरुलाई लैजान ट्याक्टरको अघि–पछि प्रहरीले स्कटिङ गरेको इन्सेकको रिपोर्टमा उल्लेख छ । अध्ययनका क्रममा प्राप्त प्रत्यक्षदर्शीको बयानअनुसार, मृतक र घाइतेहरु बोकेको ट्याक्टर पछाडिको गाडीमा भने कांग्रेस उम्मेदवार आलम समेत थिए ।

ती प्रत्यक्षदर्शीले भनेका छन्, “ट्याक्टरमा घाइतेहरुलाई राखी चिम्निमा लगे, घाइतेहरू रुँदै थिए । त्यो देखेपछि म त्यहाँबाट भागे।”

२०६४ संविधानसभा निर्वाचनमा रौतहट–२ बाट उम्मेदवार बनेका आलमले बुथ कब्जा गर्न बम बनाउन टोली नै परिचालन गरेका थिए । तर, बम बनाउने क्रममै बिस्फोट हुन पुग्यो ।

दुई जनाको घटनास्थलमै मृत्यु भयो । यसपछि मृतक र घाइतेहरुलाई आलमकै आफन्तको ईटाभट्टामा लगेर जलाइएको आरोप आलमलाई लगाइएको छ ।

स्थलगत अध्ययनमा घटनास्थल पुगेका इन्सेकका मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम प्रहरीकै सहयोग लिएर आलमले प्रमाण नष्ट गरेको बताउँछन् ।

“हामी स्थलगत अध्ययनमा जाँदा हामीमाथि समेत आक्रमणको प्रयास भयो, घटनाको प्रकृती र प्रहरीले तत्कालीन समयमा व्यक्त गरेका भनाईले समेत आलम र प्रहरी बीच मिलेमतो देखिन्छ”, गौतम भन्छन् ।

एक उच्च प्रहरी अधिकारी पनि प्रमाण नष्ट गर्न प्रहरी नै सहयोगी बनेको बताउँछन् । “त्यतिवेला कोही बोल्न सक्ने अवस्था थिएन, तत्कालीन स्थानीय प्रहरी नेतृत्व सहयोगी बनेको देखिन्छ”, उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com