ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपामा पार्टीगत अनुशासन र सुशासन कमजोर बन्दै,चिनिया राष्ट्रपति सी ले पढाएको अनुशासनको पाठ सिक्न कति सक्लान नेताले ?


एबीसी न्यूज

काठमाडौ, २९ असोज । कम्युनिष्टहरुमा हुनुपर्ने गुण मध्ये अनुशासन, स्वच्छता र सुशासन महत्वपुर्ण कडिको रुपमा लिइन्छ । नेपालमा कम्युनिष्टले दुई तिहाइ बहुमतको साथमा राज्य सञ्चालन गरिहेको अवस्थाामा अनुशासनको खडेरी देखिएको छ । जनतालाई मिठा मिठा सपना देखाएर सत्तामा पुगे पछि सुशासनप्रति नेतृत्वमा अनुशासनको स्तर कम भएको देखिदै गएको छ । यो अवस्थामा चिनिया राष्ट्रपति सी चिनफिङले नेकपाका शिर्ष नेताहरुलाई दिएको पार्टी अनुशासनको पाठले महत्वपूर्ण सन्देश बोकेका छ ।

कम्युनिष्ट पार्टी सदस्यहरुका लागि पार्टी अनुशासन पार्टी जीवनको अजम्बरी कडिको रुपमा लिइन्छ । तर, पार्टीको अनुशासन, सुशासन र सांस्कृतिक शुद्धता भएन भने न त कोही कम्युनिष्ट बन्न सक्छ, न त कम्युनिष्ट नीति र सिद्धान्तलाई अघि बढाउन सक्छ ।

नेपालका कम्युनिष्टहरुमा रहेको सबैभन्दा ठूलो दीर्घ रोग अनुशासनको अभाव हो । पार्टी अनुशासन मान्न बाध्य नभएपछि ब्यक्ति सांस्कृतिक रुपमा विचलित हने, सुशासन समाप्त हुने, भ्रष्टाचारी बन्ने, जनतासंगको सम्बन्ध समाप्त हुने, र त्यसको प्रभाव सिंगो मुलुकमै पर्ने हुन्छ । नेपालका कम्युनिष्टबारे नजिकबाट बुझेका चिनिया कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङले आफ्नो नेपाल भ्रमणको क्रममा भेट गरेका नेकपाका नेताहरुलाई गतिलैसंग अनुशासनको पाठ पढाएका छन् ।

राष्ट्रपति सीले पार्टीमा अनुशासनको साथै स्वच्छता र सुशासन आवश्यक रहेको र त्यसमा निर्मम बन्नुपर्ने सुझाव दिए । सी ले दिएको सुझाव सुझाव मात्र थिएन, नेकपाका नेताहरुलाई गम्भीर ब्यंग पनि थियो । सी को सुझावपछि नेकपाले पार्टी अनुशासन पालना गर्न गराउनका लागि मुख्य नेतृत्व तहबाटै काम सुरु गर्न आवश्यक देखिन्छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो । चियापान कार्यक्रममा उपस्थित शिर्ष नेतादेखि कार्यकर्तासम्म कसरी कम्युनिष्ट पार्टीमा अनुशासन कायम गर्न सकिन्छ भन्ने विषयले चर्चा पायो ।
चीनमा चिनिया कम्युनिष्ट पार्टीको फलामे अनुशासनको कारण नै पार्टीले स्थापनाको ७०औं वर्ष मनाउंदा चीन बांकी संसाका लागि विकास र समृद्धिको आइकन बन्न पुग्यो । तर, नेपालका कम्युनिष्ट नेताहरु भने पार्टी अनुशासनलाई लत्याउंदै व्यक्तिवादी बन्न पुगे । जनतासंग जनताका लागि गर्नुपर्ने कम्युनिष्ट दैनिकी आफ्नो लागि आफ्नाका लागि बन्न पुग्यो ।

एकातिर जनसम्बन्ध कट्दै जाने अर्कातिर शिर्ष नेतृत्व तहमा रहेकाहरुमा सब मै हुं भन्ने प्रवृत्ति मौलाउंदै जांदा आफ्नो सांस्कृतिक धरातल कहां पुगेको छ भने हेक्का नहुने अवस्था सार्वजनिक भैसकेको छ । कम्युनिष्ट सदस्यहरु सर्वहारा वर्गको भन्दा सामन्तवादी र नोकरशाही पुंजिवादीको पक्षपोषण गर्ने प्रबृति हाबी हुदै गइरहेको देखिन्छ । नेतृत्वले सत्ता बाहिर हुदा समाजवाद र सत्ता पुगेपछि भद्दा पुंजीवादी शैली अपनाए पछि उनीहरुका तल्लोस्तरका नेता र कार्यकर्ताले पनि त्यही प्रवृत्ति अंगाल्ने नै भए । तर, यसले कम्युनिष्टलाई आफ्नो ठान्ने जनतामा भने नैराश्यता पैदा भएको छ । वर्तमान समयमा देखिएका केही प्रतिनिधिमुलक घटनालाई हेर्ने हो भने पनि कम्युनिष्ट नेता कार्यकर्तामा अनुशासनको स्तर स्खलित हुंदै गएको प्रष्टै हुन्छ ।

नेपाल भ्रमणको क्रममा चिनिया राष्ट्रपति सी ले जनताको मन जित्न र राज्य संचालन गर्न सबैभन्दा महत्वपूर्ण कुरा पार्टीभित्रको अनुशासन र सुशासन हुनुपर्ने भनि दिएको सुझावले नेकपा पार्टी पक्तिमा तरंग फैलाएको छ । मुलुकमा सुशासन कायम गर्न आर्थिक अनुशासन कायम, दण्डहीनताको अन्त्य, जनउत्तरदायी भूमिका, भ्रष्टाचारको रोकथाम र नियन्त्रण जस्ता बिषयलाई थोरै मात्रामा ध्यान दिने हो भने सुशासनलाई व्यवहारमा लागु गर्न सकिन्छ ।

सुशासन बिना कुनै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासको लक्ष्य हासिल गर्न सम्भव छैन । जनताप्रति उत्तरदायित्व, जवाफदेहिता, पारदर्शिता भएमात्र कम्युनिष्टमा अनुशासन हुन्छन् भन्ने सन्देश आज जनमानसमा जान्छ । सुशासन शव्द भाषणमा मात्र गर्ने तर व्यवहारमा त्यसको असर नदेखिदा आम जनतामा समेत निराशा बढिरहेको छ ।
त्यसैले दुइ तिहाई बुहमतका साथ सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले कम्युनिष्ट राष्ट्र चीन र त्यसका राष्ट्रपति सी ले दिएको सटिक सन्देशबाट पाठ सिकेर सुशासनको यात्रालाई अगाडि बढाउनु आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com