ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्बियामा नेपाल भ्रमण वर्षको प्रचारप्रसार


एबीसी न्यूज
आश्विन २९, २०७६ बुधबार  २ : ४९ बजे

काठमाडौ, २९ असोज । अन्तर व्यवस्थापिका सङ्घ आइपीयूको १४१ औँ सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधिलाई नेपाल भ्रमणका लागि निम्ता गरिएको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रवद्र्धन सामग्री हस्तान्तरण गरिएको सम्मेलनमा सहभागी सांसद इन्दुकुमारी शर्माले राससलाई जानकारी दिनुभयो ।

आइपीयूमा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सङ्घीय संसद्को प्रतिनिधिमण्डल बेलग्रेडमा छ । सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यले नेपाल भ्रमणका लागि सहभागीलाई निम्ता गर्नुभएको हो ।

प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी हुनुहुन्छ । यसैगरी संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललगायत पनि प्रतिनिधिमण्डलमा सहभागी हुनुहुन्छ ।

सम्मेलनमा नेपाललगायत १७१ राष्ट्रका सांसद सहभागी छन् । सम्मेलन असोज ३० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com