काठमाडौं , २९ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा तीन जना थप गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । तीन जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग पाँच सदस्यीय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्