काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज बुधबार निर्वाचन हुँदैछ । एनआरएनएको निर्वाचनले ४२ जना नयाँ पदाधिकारी चयन गर्ने छ ।
एनआरएनएको नवौं महाधिवेशन बुधबारदेखि राजधानीमा सुरु भएको हो । सम्मेलनमा ८१ मुलुकबाट २ हजार ५०० भन्दा बढीको सहभागिता छ ।
निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि प्रकाशित गरेपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुने गर्दछ ।
कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । निर्वाचनका लागि बुधबार बिहान १०ः३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ ।
नयाँ नेतृत्वका लागि उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा छन । दुबै समूले आफनो प्यानल खडा गरेर निर्वाचनमा होमिएका छन ।
प्रतिक्रिया दिनुहोस्