ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धारिलो हतियार प्रहार गरी महिलाको हत्या


एबीसी न्यूज
आश्विन २७, २०७६ सोमबार  ८ : ०३ बजे

बुटवल,२७ असोज । बुटवल उपमहानगरपालिका– ३ ज्योति नगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको हत्या भए पनि इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा लक्ष्मीनगर सामुदायिक जङ्गलमा उनको शव भेटिएको थियो ।

प्रहरीले हत्याको आरोपमा हेटौँडा उपमहानगरपालिका– ६ घर भई हाल बुटवल ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्राउ गरेको छ । उनले टाउकामा हँसिया प्रहार गरी मुखमा कपडा कोचेर गुरुङको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । लामाको साथबाट टिकीसराको हत्यामा प्रयोग भएको हँसिया, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । लामालाई हिरासतमा राखेर कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com