ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाका सांसदद्धारा बुद्ध एयरको काउण्टरमा तोडफोड


एबीसी न्यूज


जनकपुरधाम, २७ असोज । राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम एयरपोर्टमा तोडफोड गरेका छन् । फ्लाईट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्टमा तोडफोड गरेका छन् ।

सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआएको र जहाजमा एकजना किडनीका विरामीलाई समयमै काठमाण्डौ पुग्नुपर्ने भएपनि समयमा जहाज नआएकोले आफु आक्रोशमा आएर बुद्ध एयरको काउण्टरमा सामान्य तोडफोड गरेको बताएका छन् । उनले यस विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण समय समयमा यस्ता घटनाहरु हुँदै आएपनि विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको गुनासो समेत गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षिय सौखीलाल चौधरीलाई काठमाण्डौँ पठाउनका लागि आफुले विमानस्थलका व्यवस्थापकहरुलाई पटक पटक फोन गर्दा समेत यसप्रति कुनै चासो नदेखाएपछि विरामी पिडाले छटपटाईरहेको अवस्थालाई देखेर आफुले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको सांसद साहले स्वीकारे ।

आफु आउदाँ विमानस्थलको अति विशिष्ट कक्षमा राति नै देखाएको प्लेट देखि लिएर फोहोर ग्लासहरु यत्रतत्र फालिएको अवस्थामा छरिएर रहेको र पटक पटक जनकपुर विमानस्थलको अवस्था बारे गुनासो गर्दा सरोकारवालाले कुनै वास्ता नगरेको देखेर आफु आक्रोशमा आई तोडफोड गरेको हो ।

यता विरामी चौधरीले आफु विहान ११ बजे नै आए पनि दिउसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेको र सांसद साहले आफ्नो अवस्था हेरेर आवेग आएको बताए ।

बुद्ध एयरका व्यवस्थापक प्रमुख विजय कुमार सिंहले काठमाण्डौको प्राविधिक कारणले विमान ढिलाई भएको र सो विषयमा यात्रुहरुलाई जानकारी गराउदाँ समेत सांसद साहले एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोडसंगै कर्मचारीसंग दुव्र्यवहार गरेको हो ।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोहि फ्लाईटमा काठमाण्डौ जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारीहरु र व्यवस्थापक प्र्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए । सो क्रममा सांसद साह र व्यवस्थापक प्रमुख विच हातपात समेत भएको थियो । धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमानमा बसेर काठमाण्डौँ जान सफल भए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com