काठमाडौं, २४ असोज ।प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । ६४ औ प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरी निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराउनुभएको हो ।
ओलीले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकार, सतापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताउनुभयो ।प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निश्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताउनुभयो । अपराधको राजनितिकरण गर्ने अनि राजनितिलाई अपराधिकरण गरि निश्पक्ष अनुसन्धान गर्न व्यवधान श्रृजना गरि प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिबाट प्रहरी सधै सजग हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले प्रहरी दिवस भव्य र उल्लासपुर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवश छुट्टा छुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । उहाँले दुवै दिवस एकै दिन मनाउदा ‘बधाई दिने कि समवेदना’ दिने भन्ने अप्ठ्यारो स्थिति सिर्जना हुने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्