काठमाण्डौं, १६ काक्तिक । बाँकेमा नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका कार्यककर्ताहरुले मनोनयन दर्ता अघि पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गर्ने सहमति गरेपछि जिल्लामा कार्यकर्ताभित्र असन्तुष्टि बढेको हो । राप्रपालाई दिने सहमति भएपनि जिल्लामा निर्णय नआउदा अन्योल भएको जिल्ला समिति सदस्य सुधांशु कोइरालाले जानकारी दिनुभयो । यहाँ राप्रपाका ओमप्रकाश आजादलाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्