काठमाण्डौं, १४ असोज । सत्तारुढ दल नेपाली कंग्रेसले प्रदेश र प्रतिनीधिसभा निर्वाचनसम्बन्धी चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा मुलुकलाई आर्थिक रुपमा विकास र समृद्धिको मोडमा पु¥याउन १० वर्ष आर्थिक रणनीतिलाई समेटेको देखिन्छ । कांग्रेसको घोषणापत्रमा आर्थिक क्षेत्रस“ग सम्बन्धीत विषयलाई निकै महत्वकाक्षी योजनाका साथ अघि बढाएको देखिन्छ ।
कृषि, पर्यटन, उर्जा, उत्पादनमुलक उद्योग र नयाँ व्यापारका सम्भावना र समस्यालाई समेत पहिचान गर्दै १० बर्षे विकास दृष्टि र रणनीति तयार गरिएको नेता महेश आचार्यले जानकारी दिनुभयो ।
पछिल्लो समय बढेको तिब्र दलीय धु्रवीकरणसंगै बाम गठवन्धन प्रति निकै आक्रमक बनेको कंग्रेसले चुनावी घोषणापत्रमा एमालेलाई नक्कली राष्ट्रवाद र माओवादी केन्द्रलाई षडयन्त्रकारी भएको आरोप लगाएको छ । एमाले माओवादी गठवन्धन विरुद्ध डटेर लड्न समेत कंग्रेसले देशभरका लोकतन्त्रवादी शक्तिहरुलाई आव्हान गरेको छ ।
कंग्रेसले ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा मध्यन्ह साढे १२ बजे चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्