ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल पहिरो रोकथाम गरेर सुरक्षित गर्नुस्– सञ्चारमन्त्री


एबीसी न्यूज
भाद्र ३, २०७६ मंगलबार  ७ : ५५ बजे

काठमाडौं, ३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पहिरो रोकथामका लागि तत्काल आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज बिहान गएको पहिरोका कारण भएको क्षतिको अवलोकन गर्दै उहाँले थप क्षति हुन नदिन तत्काल आवश्यक कार्य गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको हो ।

बस्ती र सडकमुनि भिरालो सार्वजनिक जमीनमा खानेपानी ट्याङ्की निर्माण गर्ने क्रममा पहिरो जाँदा कालोपत्र सडक पूरै बगाएको छ भने पाँच वटा पक्की घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका घरका सामान सुरक्षित स्थानमा लगिएको छ । घरको पेटीसम्म पहिरो गएर घर जोखिममा परेको जानकारी पाएलगत्तै घटनास्थल पुग्नुभएका मन्त्री बाँस्कोटाले घटनाका बारेमा पूर्णरूपमा जानकारी लिनुभएको थियो ।

त्यसैगरी पहिरो गएको क्षेत्रको अनुगमन गर्न पुग्नुभएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले लापरवाही गर्ने र घटनामा दोषी देखिएकालाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई आग्रह गर्नुभयो ।

तत्काल जोखिमयुक्त घरलाई सुरक्षित गर्न नगरपालिकाको इञ्जिनीयर, दक्ष कर्मी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित आवश्यक सामान उपलब्ध गराई जोखिममुक्त गर्ने, घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने र सङ्घ, प्रदेश र स्थानीय सरकारका निर्वाचित प्रतिनिधिको पहलमा बजेट व्यवस्थापन गरी दीर्घकालीन समस्या समाधान गरिने बस्नेतले बताउनुभयो ।

आजै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, नेकपा भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी भट्ट, वीरदल गणका गणपति शिवप्रसाद पौडेल, भक्तपुर सडक विभागका प्रमुख बेलबहादुर भुजेल, महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधान, गुह्येश्वरी सशस्त्र गणका प्रमुख विश्व भट्टराईलगायतको टोलीले पहिरो गएको क्षेत्रको अनुगमन गरेको थियो ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी ट्याङ्की निर्माणका लागि खाडल खन्दा आज बिहान पहिरो जाँदा पाँच घर उच्च जोखिममा परेको हो । खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

लिपुलेक विवाद: नेपालको कूटनीतिक ‘नोट’ र छिमेकीको बेवास्ता

सम्बन्धित

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com