ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत तथा उद्धारका लागि प्रदेशलाई हेलिकप्टर उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग


एबीसी न्यूज
श्रावण १, २०७६ बुधबार  ८ : २३ बजे

 

जनकपुरधाम, १ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्च स्तरीय टोली आज प्रदेश नं। २को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । आज विहान सेनाको हेलिकप्टरले प्रदेश २को निरीक्षणमा निस्केको उक्त टोली रौतहट, सर्लाही, महोत्तरी , सप्तरी, सिरहाको स्थलगत निरीक्षण गर्दै प्रदेशको राजधानी जनकपुर पुगेको थियो ।

उक्त टोलीले बाढीबाट परिस्थिति, राहत तथा उद्धारको अवस्था र दिर्घकालिन व्यवस्थापनका सम्बन्धमा प्रदेश सरकार संग जानकारी समेत लिएका छन । बाढीको अवस्था र राहत तथा उद्धार बारे टोली लाई जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले बाढी आए लगतै प्रदेश सरकारले राहत तथा उद्धारको लागि तत्काल विपद व्यवस्थापन समितिलाई १० /१० लाख रुपैया उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाखको दरले राहत दिने गरिएको घोषणा गरिएको बताउनु भयो । उहाँले प्रदेश नं । २ विपदको हिसाबले अत्यन्त जोखिममा रहेकोले तत्काल प्रदेश सरकारलाई एउटा उपलब्ध गराउन संघीय सरकार संग मांग समेत गर्नु भयो ।

प्रदेश सरकारको व्रिफीङ्ग पछि उपप्रधानमन्त्री यादवले विपद व्यवस्थापनमा तीन तहका सरकारलाई समन्वय गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो । उहाँले बाढी पहिलो दीर्घकालिन व्यवस्थापनको चुरे संरक्षणमा विशेष जोड दिनु पर्ने, चुरे क्षेत्र भएर राजमार्ग जस्ता सडकहरुको निर्माण निषेध गर्नु पर्ने, मानव वस्ती क्रमशः घटाएर वृक्षा रोपण गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

निरीक्षण टोलीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री राम बहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, सांसदहरु अनिल झा, प्रभु साह सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शेखर गोल्छा धितोपत्र कसुरमा धरौटीमा छुटेलगत्तै पुनः पक्राउ, बीमा सम्बन्धी अर्को मुद्दामा अनुसन्धान सुरु

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

सम्बन्धित

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com