ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, युरोप भ्रमण फलदायी


एबीसी न्यूज
असार १, २०७६ आईतबार  १० : ४६ बजे

काठमाडौं,१  असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो ।

युरोपका तीन मुलुकको भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुनुभएको हो । गत जेठ २५ गते स्वीटजरल्याण्डको जेनेभातर्फ जानुभएको प्रधानमन्त्री ओलीले त्यहा अन्तराष्ट्रिय श्रम संगठन ९आइएलओ० को शतबार्षिकी समारोहमा सम्बोधन गरी बेलायत र फ्रान्सको भ्रमण गर्नुभएको थियो ।

जेनेभाबाट बेलायत पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहा आफ्ना समकक्षी थेरेशा मे, राजकुमार ह्यारीसहित बिशिष्ट ब्यक्तिहरुसँग भेटबार्ता गर्नुभयो । भेटबार्ताको क्रममा पहिलो पटक बेलायत, नेपाल र भारतबीच भएको त्रीपक्षीय सम्झौतालाई पुनरावलोकन गरी द्धीपक्षीय बनाउनु पर्ने नेपालको अडान प्रष्टसँग राख्नुभयो भने गोर्खाहरुको समस्या समाधानका लागि बेलायत लचक हुनुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राख्नुभयो ।

बेलायतबाट सार्वजनिक रेल चढेर फ्रान्स पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्ना सकमक्षीसँग भेटबार्ता गर्नुका साथै बेलायती लगानीकर्तालाई नेपालमा लगानीको सुनौलो अवसर रहेको तथ्य राख्नुभयो । फ्रान्सबाट जेनेभा हुँदै प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएको हो । युरोप भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले नेपालमा लगानी भित्र्याउन बिशेष पहलकदमी लिनुभएको थियो ।

स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सका ब्यापारी समुदाय र गैर आवासिय नेपाली समुदायलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीले अपिलसमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीको भ्रमणबाट लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक बनेका छन । प्रधानमन्त्री ओलीको युरोप भ्रमण फलदायी रहेको निश्कर्ष भ्रमण दलले निकालको छ । लामो समयपछि भएको बेलायत र फ्रान्ससँग कार्यकारी प्रमुख तहको बार्ता र द्धीपक्षीय सम्बन्ध बिस्तारमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

सम्बन्धित

चुनावी विश्लेषण गर्न पाउनुपर्ने माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता

धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

धनुषा-१ बाट रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com