ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमती गर्भवती बनाएर श्रीमानले गरे अर्को विवाह, प्रमिलाको बिजोग


एबीसी न्यूज
जेष्ठ २९, २०७६ बुधबार  २ : ०६ बजे

काठमाडौं, २९ जेठ । अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्षअघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ली भएको हो ।

आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मङ्गलबार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएपछि उहाँको बिचल्ली भएको हो । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सिवालाई झुक्याएर श्रीमान्ले दोस्रो विवाह गरेपछि माइती थर्पुमा बस्दै आउनुभएकी उहाँलाई स्थानीय स्वयंसेविकाले जिल्ला अस्पतालसम्म ल्याइदिए ।

ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–४ को साप्लाखुमा विवाह गरे पनि श्रीमान् र सासू–ससुरासँगै झापाको काकडभिट्टामा बस्दै आएकी प्रमिलाले विवाहपछि श्रीमान्को घरपरिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुव्र्यवहार र शारीरिक यातना खेप्नुपरेको सिवाले बताउनुभयो ।

गएको पुस महीनामा श्रीमान्ले अर्कै केटीसँग दोस्रो विवाह गरेको र त्यसपछि आफूसँग सम्पर्कमा नरहेको भन्दै त्यसपछि घरका अन्य सदस्यको दुव्र्यवहार र शारीरिक यातना खप्न नसकेर आफू माइतमै बस्न थालेको उहाँको भनाइ छ । माइतीको समेत आर्थिक अवस्था कमजोर रहेकी प्रमिला अहिले जिल्ला अस्पताल फिदिमको प्रसूति गृहमा हुनुहुन्छ । उहाँको हेरचाहका लागि कोही छैन । आमा पनि शारीरिक रूपमा अशक्त र बुबा पनि वृद्ध छन् ।

कक्षा आठमा अध्ययन गर्दा सिवा र लिम्बूबीच प्रेम सम्बन्ध सुरु भएर कक्षा ११ अध्ययन गर्दागर्दै उहाँहरुको अन्तरजातीय विवाह भयो । गर्भवती हुँदा सबैले बच्चा फाल्न आग्रह गरेपनि आफूले सन्तानलाई धर्ती देखाउने आशाले कसैको कुरा नमानेको उहाँले बताउनुभयो ।

गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनु भन्ने जवाफ आएको उहाँको भनाइ छ । तर पनि बनी गरेर आफूले पेट पालेको र आमा बुबाको सेवा गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ–“मलाई नभएपनि छोरी हेर्न जसरी आउनुहुन्छ । छोरीको माया लाग्नुपर्ने हो । एकदिन छोरीको मुख हेर्न जसरी पनि आउनुहुन्छ ।”

आफूले गर्भ परीक्षण गराउनसमेत पैसा नपाएको उहाँले बताउनुभयो । “भिडियो एक्सरे गराउन आठ सय रुपैयाँ नहुँदा गर्भको अवस्था थाहा पाउन सकिनँ तर, छोरी जन्माएँ । केही भएन, म खुसी छु”, उहाँ भन्नुहुन्छ, “अन्तरजातीय विवाह गरेकै कारण लिम्बूका फुपूहरुले दलित केटीसँग विवाह किन गरेको यसलाई छाडिदे हामी अर्की केटी खोजिदिन्छौैै भनेपछि मलाई छोड्नुभयो । छोरी जन्मिएकी छे, उसलाई हेर्न उसको बुबा जसरी पनि आउनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com