ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीको पुर्व योजना अनुसार थुनुवाले अस्पतालको शौचालयमा गरे आत्महत्या


एबीसी न्यूज


बाँके, २९ जेठ । बाँकेको नेपालगन्जमा कारागारमा रहेका एक कैदीले बिष सेवन गरेर आत्महत्या गरेका छन् । उपचारको क्रममा भेरी अस्पतालमा ल्याइएका कैदीले अस्पतालको शौचालयमा नै बिष सेवन गरेर सोमबार दिउँसो आत्महत्या गरेका हुन् ।

बाँके जानकी गाउपालिका–३ का २५ वर्षिय सुनिलकुमार तिवारीले अस्पतालको शौचालयमा बिष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

अस्पतालमा उनकी श्रीमती दानवती तिवारीले पनी बिष सेवन गरेकी थिइन् । दुवै जनाले सल्फास नामक बिषको सेवन गरेको अस्पतालले जनाएको छ । अहिले नेपालगन्ज नर्सिङ्गहोमको आइसियूमा राखेर श्रीमतीको उपचार भइरहेको छ । उपचारमा संग्लन डाक्टरका अनुसार उनको अवस्था गम्भिर रहेको छ । अहिलेसम्मको अनुसन्धानबाट श्रीमतीको सहयोगमा नै सुनिलकुमारले बिष सेवन गरेको पाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पौडेलले बताए ।

‘अस्पतालमा आज उनको अपरेसन हुने दिन थियो’ उनले भने,‘सोही क्रममा अस्पतालको शौचालय गएको बेला उनले बिष सेवन गरेका रहेछन् ।’ मृतक तिवारी २०७५ बैशाख ३ गते लागू औषध ब्राउनसुगरको मुद्दामा थुनुवाको रुपमा कारागारमा आएको र उनको मुद्दा फैसला भई मंगलबार मात्रै कैदीको पत्र कारागार आईपुगेको नेपालगन्ज कारागारका जेलर भरत पाण्डेले बताए । अदालतले आत्महत्या गरेका तिवारीलाई ७ वर्ष कैदको फैसला गरेको छ ।

भेरी अस्पतालमा बिष सेवन गरेका दुवै जनालाई उपचारका लागि नेपालगन्जमा नै रहेको नेपालगन्ज नर्सिङ्गहोममा लगिएको थियो । बाँके उच्च प्रहरी स्रोतका अनुसार श्रीमतीले नै पहिला बिष सेवन गरेर तिवारीलाई शौचालयमा बिष राखिदिएको संकेत दिएकी थिइन् । ‘बिष सेवन गरेर आत्महत्या गर्ने श्रीमान श्रीमतीको पुर्व योजना नै भएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो,‘सोही योजना अनुसार नै उनीहरुले एकैसाथ बिष सेवन गरेका हुन् ।’ घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।शौच गर्न शौचालय पसेका तिवारीले लामो समय ढोका नखोल्दा प्रहरीले ढोका फोडेपछि उनले विष सेवन गरेको सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com