ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमतीको पुर्व योजना अनुसार थुनुवाले अस्पतालको शौचालयमा गरे आत्महत्या


एबीसी न्यूज
जेष्ठ २९, २०७६ बुधबार  ८ : ०९ बजे


बाँके, २९ जेठ । बाँकेको नेपालगन्जमा कारागारमा रहेका एक कैदीले बिष सेवन गरेर आत्महत्या गरेका छन् । उपचारको क्रममा भेरी अस्पतालमा ल्याइएका कैदीले अस्पतालको शौचालयमा नै बिष सेवन गरेर सोमबार दिउँसो आत्महत्या गरेका हुन् ।

बाँके जानकी गाउपालिका–३ का २५ वर्षिय सुनिलकुमार तिवारीले अस्पतालको शौचालयमा बिष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

अस्पतालमा उनकी श्रीमती दानवती तिवारीले पनी बिष सेवन गरेकी थिइन् । दुवै जनाले सल्फास नामक बिषको सेवन गरेको अस्पतालले जनाएको छ । अहिले नेपालगन्ज नर्सिङ्गहोमको आइसियूमा राखेर श्रीमतीको उपचार भइरहेको छ । उपचारमा संग्लन डाक्टरका अनुसार उनको अवस्था गम्भिर रहेको छ । अहिलेसम्मको अनुसन्धानबाट श्रीमतीको सहयोगमा नै सुनिलकुमारले बिष सेवन गरेको पाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पौडेलले बताए ।

‘अस्पतालमा आज उनको अपरेसन हुने दिन थियो’ उनले भने,‘सोही क्रममा अस्पतालको शौचालय गएको बेला उनले बिष सेवन गरेका रहेछन् ।’ मृतक तिवारी २०७५ बैशाख ३ गते लागू औषध ब्राउनसुगरको मुद्दामा थुनुवाको रुपमा कारागारमा आएको र उनको मुद्दा फैसला भई मंगलबार मात्रै कैदीको पत्र कारागार आईपुगेको नेपालगन्ज कारागारका जेलर भरत पाण्डेले बताए । अदालतले आत्महत्या गरेका तिवारीलाई ७ वर्ष कैदको फैसला गरेको छ ।

भेरी अस्पतालमा बिष सेवन गरेका दुवै जनालाई उपचारका लागि नेपालगन्जमा नै रहेको नेपालगन्ज नर्सिङ्गहोममा लगिएको थियो । बाँके उच्च प्रहरी स्रोतका अनुसार श्रीमतीले नै पहिला बिष सेवन गरेर तिवारीलाई शौचालयमा बिष राखिदिएको संकेत दिएकी थिइन् । ‘बिष सेवन गरेर आत्महत्या गर्ने श्रीमान श्रीमतीको पुर्व योजना नै भएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो,‘सोही योजना अनुसार नै उनीहरुले एकैसाथ बिष सेवन गरेका हुन् ।’ घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।शौच गर्न शौचालय पसेका तिवारीले लामो समय ढोका नखोल्दा प्रहरीले ढोका फोडेपछि उनले विष सेवन गरेको सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com