ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा र विकास विना समृद्धि सम्भव छैन – गृहमन्त्री


एबीसी न्यूज


काठमाडौँ, १९  जेठ । गृहमन्त्री रामबहादुर थापाले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले शनिवार आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

जनतालाई कसरी छिटोभन्दा छिटो समृद्धिको शिखरमा पु¥याउने भन्नेमा सरकार चिन्तित रहेको गृहमन्त्री थापाको भनाइ छ । गरीब र दुःखी जनतालाई सुखी बनाउन पनि देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उहाँले समृद्धिबाट मात्रै जनता सुखी हुने जिकिर गर्नुभयो ।

“विकासविना समृद्धि सम्भव छैन, त्यसैले सरकारले छोटो अवधिमा विकास गर्ने सङ्कल्प गरेको छ, त्यसैलाई केन्द्रित गरेर बजेटमार्फत भर्खरै विकासका योजना प्रस्तुत गरेको छ”, गृहमन्त्रीले भन्नुभयो । वृद्धवृद्धालाई संरक्षण गर्ने दायित्व राज्यको भएकाले वृद्धभत्ता बढाएर सरकार अघि बढेको बताउँदै उहाँले दिदीबहिनीको संरक्षण कसरी गर्ने, राहत कसरी दिने भन्ने कुरा पनि योजनामा रहेको बताउनुभयो ।

देशमा भएका लाखौँ बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत सरकारले योजना अघि सारेको उल्लेख गर्दै गृहमन्त्री थापाले कोही पनि रोगले नमरुन्, कोही पनि भोगले नमरुन् र कोही पनि आवासविना शीत र गर्मीले नमरुन् भनेर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा योजना र स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताउनुभयो । सो क्रममा गृहमन्त्री थापाले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नुभएको थियो ।

गृहमन्त्री थापाले ज्ञानको शिखर पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको समेत बताउनुभयो । जोशीले सामुदायिक सेवा केन्द्रले मानवीय सेवा गर्दै आएकामा प्रशंसा गर्नुहुँदै आजको जमानामा सबैभन्दा ठूलो कर्तव्य सेवा भएको बताउनुभयो । गृहमन्त्रीबाट सम्मानित हुन पाउँदा गौरवान्वित भएको जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com