ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्तीमा अवैध उत्खनन– बस्ती जोखिममा


एबीसी न्यूज

 

काठमाडौँ, १७ जेठ । बाँकेमा राप्ती नदीलगायत आधा दर्जन खोलामा नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन भइरहेको छ ।

उत्खननको ठेक्का पाएका ठेकेदार कम्पनीले नदी र खोलामै एक्साभेटर लगाएर सम्झौता विपरीत काम गरिरहेको पाइएको छ । नदीजन्य पदार्थको अवैध उत्खननले राप्ती नदी र खोला किनारका बस्तीहरुमा बर्खायामसँगै बाढी र डुबानको खतरा बढेको छ ।

गत शुक्रबार बिहानदेखि राप्तीसोनारी गाउँपालिका–६ को ढलैया जललाघाट नजीकै राप्ती नदीको बीच भागमा चार वटा एक्साभेटरले निर्बाधरुपमा टिप्परमा गिट्टी, बालुवा भरिरहेका थिए । दर्जनौँको सङ्ख्यामा टिप्पर र ट्र्याक्टर ओहोरदोहोर गरिरहेका थिए । उत्खनन भइरहेकै बेला फत्तेपुरबाट प्रहरी पनि पुग्यो । प्रहरीले न अवैध उत्खनन गरिरहेका एक्साभेटर कारवाहीको दायरामा ल्याइए न त टिप्पर वा ठेकेदार नै ।

राप्ती नदी उत्तरमा टिकुलीपुरतर्फबाट बगिरहेको छ । दोहनपछि राप्ती नदीको बहाव दक्षिण फत्तेपुरतर्फ सोझिँदैछ । अवैध दोहनबाट यी दुवै बस्ती जोखिममा पर्ने खतरा बढेको छ । गत १७ वैशाखमा जिल्ला समन्वय समिति बाँकेको अनुगमन टोली जाँदा परुवा खोलामा एक्साभेटर लगाएर टिप्पर भरिँदै थियो । जिल्ला समन्वय समितिको अनुगमन टोली पुगेको थाहा पाउने बित्तिकै आधा भरिएको टिप्पर चालकले भगाउन खोजे ।

अनुगमन समितिले सो टिप्परलाई रोकेर एउटा एक्साभेटर र एउटा टिप्परको चाबी शम्शेरगञ्ज प्रहरी चौकीमा बुझायो । तर प्रहरीले एक्साभेटर र टिप्परलाई कारवाहीको प्रक्रिया नै अघि बढाएन । सोही दिन मुगुवा खोलामा अनुगमन टोलीले ठेकेदारले एक्साभेटर जङ्गलमा लुकाउँदै गरेको भेट्यो । दुई वटा एक्साभेटर नदी किनारमा थियो । अनुगमन टोलीले एक्साभेटर र टिप्पर देखाएर कारवाहीका लागि समन्वय समितिमा पठाउन भन्यो । तर प्रहरीले उनीहरुलाई कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाएन ।

त्यस्तै वैशाख २२ मा राप्ती नदीमा जिल्ला समन्वय समितिले प्रहरीबाट ठीक त्यस्तै व्यवहार भोग्यो । नदीमा ६ वटा टिप्पर र दुई वटा एक्साभेटरले नदीभित्रै दोेहन गरिरहेको अवस्थामा फेला पारेका थिए । समन्वय समितिले प्रहरीलाई खबर ग¥यो । तर दुई घण्टासम्म पनि प्रहरी आएन । समन्वय समिति त्यसै फर्कियो ।

नदीजन्य पदार्थ उत्खनन भइरहेका नदी र खोलाहरुमा यस्ता घटना प्रायः भइरहन्छन् । जिम्मेवारी पाएर पनि प्रहरी प्रशासनको सहयोग नरहँदा समन्वय समिति अवैध उत्खनन गर्ने ठेकेदारहरुका अगाडि लाचार जस्तै बनेको छ । जिल्ला समन्वय समितिले पटक–पटक आग्रह गर्दा पनि प्रहरीले एक्साभेटर, टिप्पर र ट्र्याक्टरलाई कारवाही नगरेको जिल्ला समन्वय समितिका संयोजक अयजकुमार श्रीवास्तवको गुनासो छ ।

आफूहरु अनुगमनमा जाँदा ठेकेदारहरुले पहिले नै थाहा पाएर एक्साभेटर, टिप्पर, ट्र्याक्टर भगाउने र कुनै एक्साभेटर वा टिप्पर नियन्त्रणमा लिइहाले पनि कारवाहीका लागि प्रहरीले नपठाउने गरेको संयोजक श्रीवास्तवको भनाइ छ । श्रीवास्तवले भन्नुहुन्छ, “हामी नजाँदा खुलेआम अवैधरुपमा उत्खनन भइरहेको सूचना हुन्छ । तर अनुगमनमा निस्क्यो कि सबै भागिहाल्छन् । आसपासका प्रहरीले नै खबर नगरी उनीहरुले कसरी थाहा पाउँछन् रु”

जिल्लामा राप्ती नदी, परुवा, मुगुवालगायत आधा दर्जन खोलामा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिइएको छ । सबैभन्दा बढी ठेक्का राप्ती सोनारी गाउँपालिकाले लगाएको छ । गाउँपालिकाले राप्ती नदीका साथै परुवा मुगुवा, झिझरी र खैरी खोलामा ठेक्का दिएको छ । डुडुवा गाउँपालिकाले राप्ती नदी र डुडुवा खोलामा ठेक्का दिएको छ । बैजनाथ गाउँपालिकाले मान खोलामा ठेक्का दिएको छ ।

तीन वटै गाउँपालिकाले २८ माघ २०७५ देखि २०७६ जेठ मसान्तसम्म ठेक्का दिएका छन् । राप्ती नदी र ६ वटा खोलामा मेशिन लगाएर बालुवा, गिट्टी र ढुङ्गा निकाल्ने काम भएको छ । जिल्ला समन्वय समितिका संयोजकत्वमा बाँकेमा नदीजन्य पदार्थको अनुगमन गर्ने जिल्लास्तरीय अनुगमन समिति पनि छ । समितिमा प्रजिअ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला डिभिजन वन प्रमुख सदस्य छन् ।

समितिले अहिलेसम्म दुई पटक मात्र अनुगमन गरेको छ । नदी र खोलामा भइरहेको सम्झौता विपरीत उत्खनन भइरहेको समितिका सदस्य वन डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठ नै बताउनुहुन्छ । जिल्ला समन्वय समिति र स्थानीयवासीले अवैध उत्खननमा प्रहरीले सहयोग नगरेको गुनासो गरेका छन् । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले प्रहरीको असहयोग स्वीकार गर्नुभयो । तर उहाँले अवैध उत्खनन भएको स्वीकार गर्नुभयो ।

उहाँले आफूहरुलाई अवैध उत्खनन भइरहेको जानकारी आएपछि कारवाहीका लागि प्रहरी खटाइरहेको दाबी गर्नुभयो । खोलाबाट निर्माण सामग्री उत्खनन गर्दा नजीक रहेको सडक वन तथा खोलाको किनार, घाटलाई हानि–नोक्सानी नहुने र सर्वसाधारणको जनताको घरजग्गा, कुलो बाँधमा क्षति नहुने गरी उत्खनन गर्नुपर्ने व्यवस्था छ । पुल कल्भर्ट, कजवे, सडक, बाटो तथा सार्वजनिकस्थल निर्माणस्थलबाट दुवैतर्फ पाँच सय मिटरभित्र निर्माण सामग्री उत्खनन गर्न नपाइने उल्लेख छ । तर परुवा खोलामा सिक्टा सिँचाइ आयोजनाको बाँधलाई प्रभाव पार्ने गरी उत्खनन भएको छ । अवैध उत्खननले सिक्टा सिँचाइको नहरमा क्षति पुग्ने देखिएको छ । बाँकेका प्रजिअ मदन भुजेल र समन्वय समितिका संयोजक श्रीवास्तव परुवा खोलामा उत्खनन रोक्न आफूहरुले राप्तीसोनारी गाउँपालिकालाई निर्देशन दिइसकेको बताउनुभयो । यद्यपि राप्तीसोनारी गाउँपालिकाले अहिलेसम्म परुवा खोलामा उत्खनन रोक्न पत्र नआएको बताएको छ ।

उत्खननको सम्झौतामा प्रतिवेदनले निषेध गरेको नदी क्षेत्रबाट सामग्री उत्खनन गर्न नपाइने व्यवस्था छ तर व्यवहारमा ठीक विपरीत छ । उत्खनन गर्दा वातारवणमा प्रतिकूल प्रभाव पार्ने कुनै पनि कार्य गर्न पाइँदैन । अन्यथा नियमानुसार कारवाही हुने व्यवस्था छ । सम्झौता विपरीत उत्खननबारे गाउँपालिका पनि जानकार छ । तर सोचेभन्दा धेरै राजश्व सङ्कलन भएकामा गाउँपालिका दङ्ग छ । गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननको अवस्था अनुगमन गर्ने समिति नै छ ।

समितिले अहिलेसम्म कसैलाई कारवाही गरेको छैन । बरु जथाभावी दोहनलाई गाउँपालिकाले पूरापूर छुट दिएको अवस्था छ । गाउँपालिका अध्यक्ष लाहुराम थारूले पनि अवैधरुपमा उत्खनन भइरहेको स्वीकार गर्नुभएको छ । तर ठेकेदारहरुले ठूलो पूँजी लगाएको हुनाले छुट दिनुपर्ने उहाँको आशय छ । “अहिले यति धेरै निर्माणका कामहरु भइरहेका छन् । अब पनि बेल्चा लगाएर टिप्पर भर्न लाग्ने हो भने कसरी सम्भव हुन्छ रु”, उहाँले भन्नुभयो । जथाभावी दोहन हुँदा राप्ती नदी र खोला किनारमा बासिन्दालाई बर्खायाममा बाढीको चिन्ता शुरु भइसकेको छ । उनीहरुले अवैध उत्खनन रोक्न गरेको आग्रहलाई ठेकेदारले वास्ता नै गर्दैनन् । राप्तीसोनारी–६ का गोविन्दप्रसाद पौडेल भन्नुहुन्छ, “हामीले कति भन्यौँ । तर सुनुवाइ भएन । सबै मिलेका छन् । अनि कहाँबाट रोकिन्छ नदीको दोहन १” राप्ती नदी किनारका गाउँ हरेक बर्खायाममा बाढी र डुबानमा पर्छन् । दोहनले बाढी र डुबानको खतरा झनै बढेको फत्तेपुरवासीको भनाइ छ ।

फत्तेपुर–६ कै रामलाल थारू भन्नुहुन्छ, “हामीले कसलाई भन्ने रु” प्रहरीलाई भन्यो, “कारवाही नै हुँदैन । ठेकेदारले हामीलाई टेर्दैनन् । गाउँपालिका अध्यक्षले सोच्नुपर्ने हो ।” नदीजन्य पदार्थको अवैधरुपमा दोहन गरेको भन्दै अहिलेसम्म २२ ट्र्याक्टर र ६ जेसिबीलाई रु पाँच लाख १० हजार जरिवाना गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । ट्र्याक्टरलाई जनही रु १५ हजार रवैधरुपमा दोहन गरेको भन्दै अहिलेसम्म २२ ट्र्याक्टर र ६ जेसिबीलाई रु पाँच लाख १० हजार जरिवाना गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । ट्र्याक्टरलाई

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com