ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जना पक्राउ


एबीसी न्यूज

हेटौँडा, १७ जेठ । बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उनले गत जेठ ८ गते राति पसल चोरी भएको बताएका थिए । हेटौँडाको व्यस्त बजार क्षेत्रमा रहेको पसल चोरी भएको जानकारीपछि जिल्ला प्रहरी मकवानपुरले सूक्ष्म अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट घिमिरे आफँैले सामान लुकाएर चोरी भएको गलत रिपोर्ट गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घिमिरेले अनुसन्धानमा सहभागी प्रहरीलाई काउण्टरमा रहेको नगद तीन लाख र पसल र गोदाममा राखिएका करीब ३० लाखभन्दा बढीकोे सामान चोरी भएको जानकारी दिएका दिएका थिए ।

उनले प्रहरीसमक्ष सनराइज बैंकमा रहेको ५० लाख ऋण चाँडो तिर्न दबाब आएकाले भाका सार्न तथा बीमा दावी गरी रकम लिन फर्जी चोरीको योजना बनाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यायका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com