ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दर्भ गणतन्त्र दिवसः समृद्धिको गोरेटो कोरिँदै


एबीसी न्यूज


काठमाडौं, १५ जेठ । जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएको छ । आजको दिन १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।

अहिले मुलुकमा तीन तहको सरकार स्थापित भएको छ । ‘सम्मृद्ध नेपाल सुखी नेपाली’ नारा अघि सारेर सङ्घीय सरकारले विकास र समृद्धिको काम अगाडि बढाएको छ । तीनै तहमा विकास निर्माणले गति लिएको छ । जनताको शासन जनताकै प्रतिनिधिले गर्ने व्यवस्थाको शुरुआत भएको छ । मुलुक सङ्घीय संरचनामा अघि बढेपछि विस्तारै जनताले त्यसको अनुभूति गर्न पाएको अधिवक्ता यमलाल खनाल बताउनुहुन्छ ।

“शुरुमा ऐन कानूनको अभाव थियो, अहिले विस्तारै तीनै तहका सरकारले कानून निर्माण गरेर विकास र समृद्धिको गोरेटो कोरेका छन् ।” कानूनविहीन अवस्थामा पनि सङ्घीयता कार्यान्वयन हुनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । मुलुक गरिबी र अभावबाट अगाडि बढेकाले तुरुन्तै सबै परिवर्तन हुने अवस्था नभए पनि कानून निर्माणसँगै अब जनताले परिवर्तनको महसुस गर्ने वातावरण बन्दै गएको खनालको भनाइ छ । “अहिले नागरिकले गणतन्त्रमा पाउनुपर्ने अधिकार स्पष्ट छन् । तीनै तहका कानून बन्दै छन्, केही वर्षमै जनताले आशा र भरोसा गरे अनुसारको वातावरण मुलुकमा तयार हुन्छ” लेखक तथा विश्लेशक ऋषि आजाद भन्नुहुन्छ, “गत वर्षसम्म सङ्घीयता र गणतन्त्रप्रति कतिपयले आशङ्का गर्थे, अहिले आशङ्का मेटिँदै गएका छन्, गणतन्त्रप्रति विश्वास बढ्दै गएको छ ।”

मुलुकको समृद्धिका लागि विकास र योजनाको समन्वयात्मक ढाँचा तयार गरी सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रष्ट नीति र पारदर्शिता हुन जरुरी रहेको अधिवक्ता हेमा न्यौपाने बताउनुहुन्छ । “विकास निर्माणका सबै कामको अनुगमन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

जनताका अधिकार स्थापित गर्न सरकार गम्भीर हुनुपर्ने तथा राजनीतिक नेतृत्व र नागरिक समाज सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । देशमा आर्थिक विकासविना समृद्धि सम्भव छैन । त्यसका लागि राम्रा नीति र योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । “नयाँ अभ्यास भएकाले तीन तहका सरकारबीच समन्वयको अभाव छ, राज्य संरचनाको प्रभावकारी रुपमा सञ्चालनका लागि तीन तहबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउनु पर्छ”, उहाँले भन्नुभयो । राजतन्त्र फालेर मुलुक गणतन्त्रमय हुनु राजनीतिक दृष्टिले महत्वपूर्ण उपलब्धि हो । जनस्तरमा परिवर्तनको अनुभूति हुनु जरुरी रहेको मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल बताउनुहुन्छ ।

हिजोका दिनमा जनतालाई देखाएको विकास र समृद्धिको सपना पूरा नहुँदासम्म गणतन्त्र संस्थागत हुन नसक्ने खनालको भनाइ छ । सरकारले मुलुकमा दण्डहीनता र सङ्क्रमणकालीन न्यायको व्यस्थापन गर्न नसक्दा नागरिकको राज्य व्यवस्थाप्रति नै नकारात्मक दृष्टिकोण बन्न थालेकाले गणतन्त्रको उपलब्धिको रक्षा गर्नतर्फ सरकार लाग्नुपर्ने उहाँको सुझाव छ । “सङ्घीयतालाई सफल बनाउनु अहिलेको आवश्यकता हो”, खनाल भन्नुहुन्छ, “गणतन्त्र प्राप्तिप्रति जनताले गर्व गर्ने वातावरण बनाउनुपर्छ ।” नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरेका अनुसार गणतन्त्रको मुख्य उपलब्धि नै सङ्घीयता हो । सङ्घीयताकै कारण अहिले गाउँ–गाउँमा सिंहदरबार पुगेको छ । यसको उपलब्धि जोगाउन स्थानीय तहका सरकारले जनस्तरमा सरल ढङ्गले सेवा प्रवाह गर्न जरुरी छ । पत्रकार घिमिरे भन्नुहुन्छ, “जनताको सुझाव लिएर काम गर्नुपर्छ । आफूलाई पनि रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ, होइन भने जनताले परिवर्तनको अनुभूति गर्न सक्दैनन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com