ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो शुरु, बहुमूल्य वस्तुको प्रवर्द्धन र प्रशोधन गरिन्छ– प्रधानमन्त्री ओली


एबीसी न्यूज
जेष्ठ ३, २०७६ शुक्रबार  ७ : ०९ बजे


काठमाडौं, ३ जेठ । नेपालमा पाइने बहुमूल्य रत्न, आभूषणको सम्भावना उजागार तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो–२०१९’ आयोजना गरिएको छ ।

खानी तथा भू–गर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले संयुक्तरुपमा लैनचौरस्थित खानी तथा भू–गर्भ विभाग परिसरमा आयोजना गरेको उक्त एक्स्पोमा नेपालमा पाइने बहुमूल्य रत्न, आभूषण, परम्परागत तथा आधुनिक गरगहनाको प्रदर्शनी गरिएको छ । ‘नेपाल रत्न आभूषण, विश्व बजारमा आकर्षण’ नाराका साथ आयोजना गरिएको सो एक्स्पोमा रत्न तथा आभूषणको व्यापार विस्तार तथा व्यावसायिक साझेदारीका विषयमा समेत छलफल गरिनेछ । एक्स्पोबाट निर्यात विस्तार गरी बाह्य व्यापारमा सन्तुलन कायम गर्न र आभूषण क्षेत्रमा स्वदेशी कच्चा पदार्थको प्रयोग बढाइ आयात प्रतिस्थापन गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।

एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रचूर सम्भावना बोकेको रत्न तथा आभूषणको उत्खनन्, प्रशोधन, प्रवर्द्धन र निर्यात गर्न सरकारले ध्यान केन्द्रित गरेको बताउनुभयो । पूर्खाले परम्परागतरुपमा पत्थर चिनेर गहना बनाएर लगाएको इतिहास पाइएको उल्लेख गर्दै उहाँले नचिनेर खेर गइरहेको बहुमूल्य वस्तुको सरकारले प्रशोधन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा पहाडमा पाइने पत्थरलाई आधुनिकीकरण गर्न जरुरी छ, बहुमूल्य रत्नलाई विदेश लैजानुपर्ने भन्ने छैन, ती पत्थरबाट हामी आफैँ गरगहना बनाउन सक्छौँ ।” रत्न तथा आभूषणको उत्खनन गरेर रोजगारी अभिवृद्धि हुने र निर्यात प्रवर्द्धन गरेसँगै अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा आभूषणको क्षेत्रमा फड्को मार्नुपर्ने बताउनुभयो ।

विभिन्न प्रकारको पत्थरको उत्खनन फ्रशोधन, बिक्रीवितरण र निर्यात गर्न सरकारको नीति तथा कार्यत्रमले सम्बोधन गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सरकारले यसलाई महत्व दिएको छ, नीति कार्यक्रम र आउन लागेको बजेटले पनि सम्बोधन गर्नेछ । सरकार व्यवसायीको साथमा छ, तपाईंहरु ढुक्कसँग अगाडि बढ्नुहोस् ।” रत्न तथा आभूषण व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताउनुभएको छ । “यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसैले यसको प्रचारप्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्दछ ।” नेपाल प्राकृतिकरुपमा निकै धनी मुलुकका रुपमा रहेको औँल्याउँदै उहाँले खोज, अध्ययन, अनुसन्धान, उत्खनन, प्रशोधन हुन जरुरी छ भन्नुभयो ।

स्वदेशमै उत्पादित बहुमूल्य रत्नबाट जनता सन्तुष्ट भएपछि गरगहना आयातको जरुरी नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली गहनाले बजार पाएपछि निर्यात बढ्ने र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने बताउनुभयो । बहुमूल्य रत्न तथा आभूषणको उत्खनन, प्रशोधन, निर्यातमा एक्स्पोले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले एक्स्पोमा देखाइने प्रदर्शनीले आम जनतामा आकर्षण र विश्वास बढाउने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “एक्स्पोमा हुने छलफलले नेपाली रत्न तथा आभूषणसम्बन्धी उद्योगलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सहयोग गर्नेछ, मेलाले ज्ञान, प्रविधि, आम्दानी, व्यवसाय, समृद्धिको अभिवृद्धि गर्न मद्दत पुर्‍याउनेछ ।” उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार तथा निजी क्षेत्रको सहभागिताबाट मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा सम्भव हुने उल्लेख गर्दै सरकार–निजी क्षेत्रको साझेदारीका रुपमा एक्स्पो आयोजना गरिएको बताउनुभयो । उहाँले नेपालमा रत्न तथा आभूषणको प्रचूर सम्भावना भए पनि पहिचान गर्न नसक्दा गिट्टी ढुङ्गाका नाममा खेर गइरहेको र उच्च मूल्यमा विदेशबाट आयात गर्नुपरेको बताउनुभयो ।

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले नेपालमा पाइने बहुमूल्य रत्न विगतमा गिट्टीका रुपमा बाहिरिने गरेको स्मरण गर्दै अबदेखि सरकारले एक चरणको प्रशोधन नगरी निर्यात नगर्ने नीति लिएको बताउनुभयो । सरकारले रत्न तथा आभूषणको प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको उहाँको भनाइ थियो । नेपालको परम्परागत र मौलिक गरगहनालाई अन्तर्राष्ट्रियकरण गर्न मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले ज्ञान, प्रविधि, सीप तथा अनुभव आदानप्रदानमार्फत रत्न तथा आभूषणको प्रवर्द्धनमा महत्वपूर्ण टेवा मिल्ने बताउनुभयो ।

खानी विभागका महानिर्देशक डा सोमनाथ सापकोटाले नेपालमा पाइने रत्न तथा आभूषणको नेपालमै प्रशोधन, प्रवर्द्धन र बजारीकरण गर्न मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले भौगर्भिक अनुसन्धान र खनिज पदार्थको उत्खननमा विभाग क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com