काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कंदै हुनुहुन्छ ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्री स्वदेश फर्कनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्