ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मिता आब कोना चलब’ रङ्गमञ्चमा


एबीसी न्यूज
बैशाख ३१, २०७६ मंगलबार  ७ : ४१ बजे

काठमाडौँ, ३१ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतना प्रदान गर्नुपर्ने मन्त्री पण्डितले बताउनुभएको छ ।

अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेरेपछि उहाँले नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताउनुभयो । “एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरुले विष घोलेका थिए”, मन्त्री पण्डितले भन्नुभयो, “अब त्यो विष विस्तारै समाप्त हुँदैछ, तर त्यसका छिटा अहिले पनि कहीँकतै देखिन्छ, अन्तिम सत्य के हो भने सामाजिक सद्भाव तथा राजनीतिक सद्भावको पनि खाँचो छ ।” युवा कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटक मण्डला नाटकघरमा वैशाख २० गतेदेखि मञ्चन भइरहेको छ ।

जेठ ५ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुति विराटमैथिल नाट्य कला परिषद्को रहेको छ । नाटकमा निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शङ्कर पोखरेलले अभिनय गर्नुभएको छ । ‘मिता आब कोना चलब’को कथासार नेपाली र मैथिली भाषामा रहेको ‘मिता आब कोना चलब’ नाटकमा एक पहाडी र एक मधेशी मूलका व्यक्तिबीच भेट हुन्छ । त्यो भेटलाई उनीहरुले गहिरो मित्रतामा परिणत गर्छन् । एकले अर्कालाई चाडपर्वमा बोलाउने क्रमले मित्रता अझ प्रगाढ बन्छ ।

नाटकको दोस्रो खण्डमा कथाले नयाँ मोड लिन्छ । ती दुई मितको सम्बन्धमा दरार पैदा हुन्छ । आपसी द्वन्द्व कसरी समाधान हुन्छ वा हुँदैन ? यसका लागि नाटक ‘मिता आब कोना चलब’ हेर्नुपर्ने हुन्छ । ‘मिता आब कोना चलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको निर्देशक कामतले बताउनुभयो । नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा परेको असरलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ । नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सिरहामा गोली प्रहार गरी युवकको हत्या

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com