ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फड्के साक्षीहरुले गर्व गर्न लायक संसदको चार वर्ष


admin

काठमाडौं, २८ असोज । व्यवस्थापिका संसद : सार्वभौमसत्ता सम्पन्न नागरिकले प्रतिनिधित्व गर्ने संयुक्त थलो । स्वभाविक रुपमा व्यवस्थापिका संसद आम नागरिकको चाहनाभन्दा फरक हुँदैन । त्यसैले, व्यवस्थापिका संसदलाई कार्यपालिकाको सबैभन्दा उपल्लो थलो मानिन्छ । नेपालमा संसदीय राजनीति सुरु भएपछि बनेका सबै संसदले राजनीतिक वातावरण अनुसार जनपक्षीय भूमिका निर्वाह गरेका छन् । कतिपय राजनीतिक परिस्थितिमा संसदको अधिकार लिर्ने गलत प्रयासहरु नभएका होइनन् । तर, प्रजातान्त्रिक आन्दोलनको बलमा फेरी पनि व्यवस्थापिका संसद जनप्रतिनिधिकै हातमा छ । समयका विभिन्न कालखण्डहरुमा बनेका विभिन्न संसदले ऐतिहासिक काम गरेको छ । जुन कामहरु युग–गुगसम्म प्रजातन्त्रका पक्षधर नागरिकले स्मरण गरिरहने छन् । चार वर्ष अगाडी बनेर असोज २८ गते सनिबार कार्यकाल समाप्त हुन लागेको रुपान्तरित व्यवस्थापिका संसदले पनि यस्ता थुप्रै ऐतिहासिक कार्यभार सम्पन्न गरेको छ ।

चार प्रधानमन्त्री चुनेको संसद
पहिलो संविधानसभा विघटन भएपछि २०७० साल मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भयो । दोस्रो पटक संविधानसभाको निर्वाचन सम्पन्न भएपछि संविधानसभाको पहिलो बैठक २०७० साल माघ ७ गते बसेको थियो । संविधनसभाले नै व्यवस्थापिका संसदको समेत काम गर्ने भएकाले संविधानसभाको पहिलो बैठक बसेको मितिबाट व्यवस्थापिका संसदको चार वर्षे कार्यकाल सुरु भएको मानियो । दोस्रो संविधानसभाले एक वर्षमा संविधान जारी गर्ने संकल्प तय गरेको थियो । तर, राजनीतिक विवादका कारण करिव दुई वर्षमा मात्र संविधान जारी भयो । त्यसैले असोज २८ गते कार्यकाल समाप्त हुन लागेको व्यवस्थापिका संसदलाई ऐतिहासिक संसदको रुपमा व्याख्या गरिएको छ । संविधान जारी भएपछि तत्कालीन संविधानसभाको अधिकार रुपान्तरित व्यवस्थापिका संसदले प्रयोग गर्‍यो ।

चार वर्षे अवधिमा संसदबाट चार प्रधानमन्त्री निर्वाचित भए । व्यवस्थापिका संदसको संविधानसभा कार्यकालमै एक प्रधानमन्त्री निर्वाचित भएका थिए । जुन, समय तत्कालिन कांग्रेस सभापतिसुशील कोइरालालाई संसदले प्रधानन्त्री चुनेको थियो । रुपान्तरित व्यवस्थापिकाले तीन जना प्रधानमन्त्री चयन गर्ने ऐतिहासिक अवसर पायो । एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वर्तनमान प्रधानमन्त्री शेरबहादुर देउवालाई रुपान्तरित संसदले नै प्रधानमन्त्री निर्वाचित गरेको हो । रुपान्तरित संसदको दुई वर्षे अवधिमा एक प्रधानमन्त्रीमाथी अविश्वासको प्रस्ताव समेत दर्ता भयो । तत्कालिन प्रधानमन्त्री केपी शार्मा ओलीमाथी कांग्रेस–माओवादीले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, व्यवस्थापिका संसदमा निर्णयार्थ प्रस्तुत हुनु अगाडी नै ओलीले राजिनामा दिएपछि अविश्वासको प्रस्ताव स्वत खारेजमा पर्‍यो ।

दुई वर्षमा दुई महाभियोगको समना
नेपालको संविधानले महाभियोगको व्यवस्था गरेको छ । तर, नेपालमा महाभियोग दुर्लभ प्रयोग मानिन्छ । रुपान्तरित संसदको दुई वर्षे अवधिमा दुई पटक महाभियोगको अभ्यास भयो । तर, दुर्लभ मानिने दुवै महाभियोग निर्णयार्थ पेस हुन भने सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पहिलो महाभियोग परेको थियो । तर, कार्की विरुद्धको महाभियोग प्रस्तावमाथी छलफल ढिलो भइरहेको बेला सर्वोच्च अदालतले कार्कीलाई पदमुक्त गरेपछि प्रस्तावमाथिको महाभियोग स्वत: खारेज भयो ।

दोस्रो पटक, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध रुपान्तरित संसदमा महाभियोग दर्ता भयो । यो प्रस्तावमाथी पनि दलिय विवादका कारण छलफल हुन सकेन । तत्कालिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरेपछि सत्ता गठबन्धनले तत्कालिन प्रधानन्याधीश कार्की विरुद्धको महाभियोग प्रस्ताव फिर्ता लिएको थियो । यसरी रुपान्तरित संसदको दुई वर्षे कार्यवधिमा दुई पटक महाभियोगको अभ्यास भएको थियो ।

धेरै विधेयक पारित महत्वपूर्ण अलपत्र
संविधान बनेपछि दुई वर्ष मात्र कार्यकाल बाँकी रहेको रुपान्तरित संसदले दुई वर्षको अवधिमा धेरै काम गरेको छ । तर, कतिपय गर्नै पर्ने काम भने त्यसै अलपत्र भयो । व्यवस्थापिका संसदको रुपमा रुपान्तरण भएपछि संसदले दुई वर्षको अवधिमा राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक बाहेकका सबै निर्वाचनसम्वन्धी विधेयक पारित गरेको छ । राष्ट्रियसभाको निर्वाचन प्रणालीबारे राजनीतिक दलबीच विवाद भएका कारण वर्तमान संसदले पारित गर्न सकेन । दुई वर्षे कार्यकालको अन्तिम दिन शुक्रबार पनि राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकमा सहमति जुटाउने कोसिस गरिएको थियो । तर, दलहरुबीच कुरा नमिलेपछि यो विधेयक भने पारित हुन सकेन । त्यस्तै, अन्तिम समयमा छलफल गरिएतापनि चिकित्सा शिक्षा विधेयक, भाषा आयोग गठन विधेयक पारित हुन सकेनन् ।

संसदले संवैधानिक आयोग गठन र स्थानीय शासन सञ्चालन विधेयक भने पारित गरिसकेको छ । यो विधेयकले पहिलो पटक स्थानीय तहले भ्याट र अन्त:शुल्कको रकम तथा प्राकृतिक स्रोतको रोयल्टीमा हिस्सा पाउने व्यवस्था गरेको छ । कर्मचारी समायोजन विधेयक संसद्ले पारित गरे पनि प्रदेश निजामती सेवा विधेयक भने पारित गर्न सकेन । त्यति मात्र होइन, सबैभन्दा पहिले संसदमा दर्ता भएकोमध्ये अदालतको अपहेलना सम्बन्धि विधेयक पनि रुपान्तरित संसदले पारित गर्न सकेन ।

रुपान्तरित संसदले संविधान जारी भएपछिको दुई वर्षमा केही महत्वपूर्ण विधेयकहरु पारित गरेको भएपनि उत्तिकै महत्वका केही विधेयक भने टुङ्गो लगाउन सकेन । संविधान जारी भएपछि राजनीतिक वातावरण सहज हुन सकेन । सत्ता समिकरण नमिल्दा दुई वर्षको अवधिमा महिनौसम्म संसद अवरुद्ध भयो । त्यसैले पनि कतिपय महत्वपूर्ण विधेक पारित हुन सकेनन् । अब, नयाँ प्रतिनिधिसभाको निर्वाचनपछि बन्ने व्यवस्थापिका संसदले बाँकी विधेयकहरु पास गर्ने जिम्मेवारी पाउनेछन् ।

संविधान जारी भएपछि रुपान्तरित व्यवस्थापिका संसदको दुई वर्षे कार्यकालको मुख्य जिम्मेवारी विभिन्न विधेयकहरु पारित गर्नु थियो । नयाँ संविधान जारी भएपछि संविधान अनुसार कानुनहरु बनाउनु पर्ने भएकाले विभिन्न विधेयकहरु परित गर्नु पर्ने थियो । तर, रुपान्तरित संसदको दुई वर्षे कार्याकाल सहज थिएन । संसदले दुई वर्ष भरी नै कुनै न कुनै रुपमा विपक्षीको अवरोध सामना गर्नु पर्‍यो ।

विपक्षी दल रहँदा माओवादीको तोफोडदेखी एमालेको महिनौ लामो बैठक अवरोधका घटना यही रुपान्तरित संसदले झेल्नु पर्‍यो । त्यसैले वर्तमान संसदले अपेक्षाकृत काम गर्न नसकेको हुनसन्छ । तर पनि, संविधान जारी भएपछि रुपान्तरित संसदले गरेको सबै काम महत्वपूर्ण मानिएका छन् । र, संसदले सम्पन्न गरेका सबै कामहरु महत्वपूर्ण पनि हुन । कतिपय जनचासोको सवालमा भने वर्तमान संसदले जनअपेक्षित काम गर्न नसकेको कुरा लुक्न सक्दैन । तर, रुपान्तरित संसदका सदस्यहरु भने संविधानसभाको दुई वर्ष र रुपान्तरित संसदको बाँकी दुई वर्ष महत्वपूर्ण मान्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com