ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“प्रहरी आचरण, व्यवहार तथा अंग्रेजी भाषा” सम्बन्धि विमान स्थलका प्रहरीलाई तालिम


एबीसी न्यूज


काठमाडौँ, २१ वैशाख । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटिने प्रहरी कर्मचारीहरुलाई स्वदेशी तथा विदेशी नागरिकहरुसँग बोलचाल र सभ्य, शिष्ट र नम्र व्यवहारका लागि तालिम दिइएको छ ।

प्रहरीलाई यात्रु सेवाग्राही मैत्री बनाउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नायब उपरीक्षक कार्यालयले “प्रहरी आचरण, व्यवहार तथा अंग्रेजी भाषा” सम्बन्धि आन्तरिक अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

शुक्रबार तालुक महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै दोस्रो चरणको कार्यक्रम अन्तर्गत विदेशी यात्रुको समस्यालाई समाधान गर्नका लागि कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी अधिकारलाई साधारण अंग्रेजी, आतिथ्यता, सामान्य कुराकानी र आचासंहिता लगायतका विषयमा ज्ञान दिलाउनका गरिएको कार्यक्रमबाट ४५० जना प्रहरी अधिकारी लाभान्विित भएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा डीआइजी थापाले विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादन भएको उत्कृष्‍ट कार्यको प्रशंसा गरे । उनले आगामी दिनमा अझै प्रभावकारी सेवा प्रवाह गरी यात्रुहरुलाई शिष्ट सभ्य नम्र व्यवहार गरी अझै उत्कृष्ट व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

यस्तै नागरिक उडड्यन कार्यालय हवाई सुरक्षा विभागका प्रमुख प्रकाश चन्द्र ढकालले हाल विमानस्थल प्रहरीले भरपर्दो सुरक्षा व्यवस्था, पार्किंङ्ग व्यवस्थापन, यात्रुहरुको चेकजाँच लगायतमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा प्रकाश पारे ।

साथै, कार्यक्रममा विमानस्थल प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले प्रमुख अतिथि, विषेश अतिथि लगायत उपस्थित सम्पूर्ण सहभागी प्रहरी कर्मचारीहरुलाई धन्यवाद दिए ।

उनले विमानस्थल कार्यालयमा कार्यरत सम्पूर्ण निकाय, संस्थाका कर्मचारीहरुलाई विमानस्थल भित्र प्रवेश गर्दा आ–आफ्नो कार्यालयको अनिवार्य रुपमा तोकिएको पोशाक लगाई प्रवेश गर्न तथा काम गर्ने समयमा पास प्रयोग गर्न आग्रह गरे । एसएसपी भण्डारीले विमानस्थलका प्रहरी कर्मचारीहरुले व्यवसायिक, ईमान्दारिताका साथ रचनात्मक रुपमा कार्यसम्पादन गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने दृढता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com