ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करोडौं घोटालाको प्रमाण नष्ट हुने खतरा


admin

काठमाडौं, २६ असोज । हाम्रो देशमा कार्यापालिका र न्यायापालिकाबीच बेला–बेला समस्या उत्पन्न हुन्छ । पछिल्लो सयम सरकारले आफु अनुकुल निर्णय गर्ने र अदालतले सरकारको निर्णय उल्टाउने घटनाक्रम बढी नै हुने गरेको छ । त्यसैले, कार्यापालिका र न्यायापाललिकाबीचको सम्बन्धमा चिसोपन छाउने गरेको छ । पछिल्लो पटक सरकारले नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्काले करोडौ घोटाला गरेको ठहर गर्दै बर्खास्त गर्‍यो । तर, उनै खड्कालाई पदमा पर्नुवहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्‍यो । जुन आदेशले, कार्यापालिका र न्यायपालिकाबीचको सम्बन्ध राम्रो छैन भन्ने पुष्टी गर्छ । घोटाला गरेको आरोप लागेर बर्खास्त भएका गोपालबहादुर खड्का सर्वोच्चको आदेशपछि काममा फर्किएका छन् । गोपालबहादुर खड्का काममा फर्किएपछि घोटालाका दर्जनौ प्रमाणहरु मित्थ्या जस्तै भएका छन् ।

नेपाल आयल निगमले इन्धन भण्डारण केन्द्र स्थापना गर्न जमिन खरिद गर्दा करोडौं घोटाला भएको दुनियाँमा लुक्न सक्दैन । र, जमिख खरिद गर्दा निगम प्रमुख गोपालबहादुर खड्काको नेतृत्वमा करोडौं घोटाला भएको घामजस्तै छर्लङ्ग छ । तर, सम्मानित न्यायलय सर्वोच्च अदालतले गोपालबहादुर खड्काले खोटाला नगरेको आसयमा अन्तरिम आदेश जारी गरेको छ । करोडौं घोटाला गरेको पुष्टी गर्दै सरकारले नियम प्रमुख गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको थियो । तर, सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले गोपालबहाखुर खड्कालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गर्‍यो । र, गोपालबहादुर खड्का सुनपानीले चोखिए झै नेपाल आयल निगम फर्केका छन् । गोपालबहादुरख खड्काकै नेतृत्वमा झापा, चितवन, सर्लाही र भैरहवामा प्रचलित मुल्यभन्दा दश गुणा बढी मुल्य तिरेर निगमको नाममा जमिन खरिद गरिएको छ । स्थानीय जग्गाधनीसँग सस्तोमा जमिन खरिद गरेर गोपालबहाखुर खड्का नेतृत्वको गिरोहले नेपाल आयल निगमलाई दश गुणा बढी मुल्यमा जमिन बिक्रि गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।

सार्वजनिक भएका तथ्य र संसदीय समितिहरुको अनुसन्धान प्रतिवेदनको आधारमा गोपालबहादुर खड्काले करोडौं घोटाला गरेको पुष्टी भइसकेको छ । तर, सर्वोच्चको साथ पाएका घोटालाका नाइके गोपालबहादुर खड्का यतिखेर आफुलाई संसारकै इमान्दार व्यक्तिको रुपमा व्याख्या गर्न व्यस्त छन् । सर्वोच्चको आदेश लगत्तै आयल निगम पुगेका खड्का अदालतले न्याय दिएको बताउँछन् ।

गोपालबहादुर खड्काकै नेतृत्वमा आयल निगमको जमिन खरिद गरिएको थियो । जनिम खरिदको क्रममा भएको करोडौं घोटालाको मुख्य कमाण्डर खड्का नै हुन । तर, घोटाला प्रकरण बाहिर आएपछि इन्धन भण्डार केन्द्र स्थापना गर्ने सम्पूर्ण काम ठप्प छन् । सर्वोच्चको आदेशपछि काममा फर्किका खड्काले बाँकी रहेका सबै काम सुचारु गर्ने समेत बताएका छन् ।

करोडौं रकम घोटाला गरेको आरोप लागेका गोपालबहादुर खड्का अदालतको सहायतामा काममा फकिएका छन् । खड्का काममा फर्किएपछि विभिन्न आशंकाहरु उब्जन थालेका छन् । खड्का आफैले पनि सबै काम अगाडी बढाउने बताइसकेपछि अब घोटालाका सबै प्रमाणहरु नष्ट हुने आशंका गर्न थालिएको छ । नागरिक समाजाका अगुवा डा. सुन्दरमणी दिक्षीत खड्काले सबै प्रमाणहरु नष्ट गर्ने भएकाले तत्काल काममा पुर्नवहाली गर्न नहुने बताउँछन् ।

आयल निगमको जमिन खरिदमा करोडौ घौटाला भएको तथ्य बाहिरिपछि आपूर्ति मन्त्रालय समेत आक्रमक रुपमा अनुसन्धानमा जुटेको थियो । आपूर्ति मन्त्रालयको अनुसन्धानले करोडौं घोटाला भएको पुष्टी गर्‍यो । आपूर्ति मन्त्रालयकै प्रतिवेदन अनुसार गोपालबहादुर खड्का बर्खास्तमा परे । तर, सर्वोच्चको आदेशपछि आपूर्ति मन्त्रालय समेत अलमलमा परेको छ । भ्रष्टाचार भएको पुष्टी भएको एक मिनेटमा कारवाही गर्छु भनेर अभिव्यक्ति दिएका आपूर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई बर्खास्त गरेर एक हदको काम गरेका छन् । तर, सर्वोच्चको फैसलाले आपूर्तिमन्त्री माथी अर्को चुनौती थपिएको छ । तर, अझै पनि कारबाहीका पाटाहरु धेरै रहेकाले घोटालामा संलग्नलाई कारवाही गरेरै छोड्ने मन्त्री मण्डल बताउँछन् ।

यसरी कार्यापालिका र न्यायापालिकाबीचको अदृश्य द्धन्द्धले विभिन्न निर्णयहरु प्रभावित हुने गरेका छन् । करोडौं घोटाला गरेको पुष्टी गर्दै सरकारले बर्खास्त गरेका आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई काममा फर्कने वातावरण बनाएर सर्वोच्च अदालतले फेरी एक पटक न्यायपालिकाको निर्णयामा भाँजो हालेको छ । त्यसैले होला सर्वोच्चको अन्तरिम आदेश भ्रष्टाचारीलाई उन्मुक्ति दिने आशयको रहेको समेत टिप्पणी हुने गरेको छ ।

आयल निगमको जमिन खरिदको क्रममा घोटाला भएको छैन भन्ने कुनै आधार छैनन् । आयल निगमले जनिम खरिद गर्ने भएपछि निगम प्रमुख गोपालबहादुर खड्काको नेतृत्वमा गिरोहरुले निगमको नाममा जमिन खरिद गरेका थिए । त्यही जमिन पछि खड्का स्वयमको नेतृत्वमा बनेको जमिन खरिद समितिले दश गुण बढी मुल्यामा निगमलाई बिक्रि गरिएको छ । चलनचल्तीको मुल्यबन्दा दश गुणा बढी मुल्य तिरेर जमिन खरिद गर्नु घोटाला बाहेक के हुनसक्छ ? आयल निगमले दश गुणा बढी मुल्य तिरेको हाम्रो दावी होइन । संसदीय समिति र आपूर्ति मन्त्रायको प्रतिवेदनले यो कुराको पुष्टी गर्छ । यतिका धेरै घोटालाका प्रमाणहरु हुँदा पनि सर्वोच्चको नजरमा गोपालबहादुर खड्का कसरी निष्कलङ्क सावित भए ? र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किन अझै पनि निगमको जमिन खरिदमा खोटाला भएको भेट्न सकेन ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com