ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्घीय संसदको चौथो अधिवेशन शुरु हुँदै


एबीसी न्यूज


काठमाडौं,१६ बैशाख । बजेट अधिवेशनसमेत भनिने सङ्घीय संसद्को चाँैथो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

आज दुवै सदनका बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाइने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै विसं २०६४ को संविधानसभा निर्वाचनमा नेपाली काङ्ग्रेसको समानुपातिक तर्फबाट निर्वाचित सदस्य दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा गत चैत २६ गते निधन भएकामा उहाँको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसैगरी बैठकमा विसं २०४८ मा काङ्ग्रेसका तर्फबाट गुल्मी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा रुद्रमणिशर्मा भण्डारीको ७२ वर्षको उमेरमा गत चैत्र २८ गते निधन भएकामा उहाँको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै विसं २०४८ र २०५६ मा काङ्ग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदय, स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका शालिन, भद्र र समाजवादी नेता रामकृष्ण ताम्राकारको यही वैशाख १० गते ७६ वर्षको उमेरमा निधन भएकामा उहाँको निधनप्रति पनि शोक प्रस्ताव पारित गरिने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com