ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङमा आजबाट सुरु भएको वृहत पुष्प मेलामा रहेको नेपाल मण्डलको राष्ट्रपति भण्डारीबाट उद्घाटन (फोटोफिचर)


एबीसी न्यूज
बैशाख १५, २०७६ आईतबार  ७ : १३ बजे


काठमाडौं, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आजबाट सुरु भएको वृहत पुष्प मेलामा रहेको नेपाल मण्डलको उद्घाटन गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बेइजिङस्थित याङकी काउन्टीमा आयोजित पुष्प प्रदर्शनी स्थलमा रहेको नेपाल मण्डलको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा भण्डारीले नेपाल मण्डलमा रहेका विभिन्न वास्तुकला, मूर्तिकला समेतको पनि अवलोकन गर्नुभएको छ ।

राष्ट्रपतिलाई नेपाल मण्डलका संचालकहरुले मण्डलबारे जानकारी गराएका थिए । नेपाली कला संस्कृति समेटिएका मूर्ति, स्तुपाहरु राखिएका छन् ।

आजै सांझ बृहत पुष्प मेलाको चिनिया राष्ट्रपति सी जिङपिङले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, म्यारमारका स्टेट काउन्सिलर आङ काङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन लगायतका विश्व नेताहरुको उपस्थिति थियो । राष्ट्रपति सी ले पुष्प मेलाको उद्घाटन गरेलगत्तै विभिन्न देशका झांकीसहितको सांस्कृतिक कार्यक्रम देखाइएको थियो । आजबाट सुरु भएको यो पुष्प मेला ६ महिनासम्म चल्नेछ ।

यो पुष्प मेला संसारकै सबैभन्दा लामो समयसम्म चल्ने मेला भएको छ ।
यसैविच, चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजधानी बेइजिङको केन्द्रभागमा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा श्वेत चैत्यको अवलोकन गर्नुभएको छ ।

नेपाली शिल्पीे अरनिकोले सिर्जना गरेको यस श्वेत चैत्य अवलोकन गर्न नेपाली बाहेक सबैले बीस चिनिया“ युआन अर्थात् तीन सय रुपैया“भन्दा बढीको टिकट काटेर प्रवेश गर्नुपर्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका प्रतिनिधिमण्डललाई चीन सरकारले उच्च सम्मानसहित चैत्यमा स्वागत गरेको थियो । नेपाली पुर्खाको कौशल र नेपाल चीन मैत्रीको ऐतिहासिक धरोहरका रुपमा बेइजिङको केन्द्रमा विगत साढे सात सय वर्षदेखि श्वेत चैत्य स्थापित छ ।

श्वेत चैत्यको अगाडि नेपाली संस्था अरनिको समाजले दुई दशक अगाडि श्वेत चैत्य निर्माता अरनिकोको सालिक स्थापना गरेको छ । नेपालको बौद्ध तथा स्वयंभूसंग मिल्दोजुल्दो यो श्वेत चैत्य चीनमा सबैभन्दा अग्लो तथा ठूलो मानिन्छ । अरनिकोले बनाएका कयौं सम्पदाहरु भूकम्प लगायतका प्राकृतिक प्रकोपबाट नासिए पनि केही चैत्यहरु चीनले संरक्षण गरेर राखेको छ । बेइजिङ बाहेक वल्लो शान्षी प्रान्तको वु थाइसानमा पनि अरनिकोले बनाएको श्वेत चैत्य संरक्षित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com