ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार कार्यमुखीभन्दा प्रचारमुखी : सभापति देउवा


admin

जनकपुरधाम, १९ फागुन । नेपाली काङ्गे्रसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाउनुभयो । 

नेपाली काङ्गे्रसले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरेको स्पष्ट गर्दै उहाँले सरकार सङ्घीयतालाई समेत कमजोर बनाउने क्रियाकलापमा लागिरहेको धारणा राख्नुभयो । 

सभापति देउवाले सरकार प्रेसलाई नियन्त्रण गर्न खोजिरहेको छ भन्दै आफ्नो दल प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने बताउनुभयो । उहाँले प्रजातन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य भएको अवस्थामा अनलाइन, फेसबुक, ट्विटरलगायत सूचनाको हक, लेख, वाक स्वतन्त्रता हनन गर्न खोज्ने सरकारको क्रियाकलाप काङ्गे्रसलाई सह्य हुनै छैन भन्नुभयो । 

एक प्रश्नको जवाफमा उहाँले वाइडबडी प्रकरणको वास्तविकता आउनुपर्दछ भन्नुभयो । सभापति देउवाले सीताको जन्मभूमि, गौरवमय इतिहास, मिथिला, मैथिली सभ्यता र संस्कृति, ज्ञान, बौद्धिकताको उद्गमस्थल जनकपुृरधामलाई नै प्रदेश नं २ को स्थायी राजधानी बनाउनुपर्ने धारणा राख्नुभयो । 

उहाँले मैथिली भाषा उत्कृष्ट, विकसित र समृद्ध भएकाले प्रदेश नं २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा गर्नुपर्दछ भन्नुभयो । एक प्रसङ्गमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घको अधिवेशन छिट्टै हुने पनि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com