ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिउँले जनजीवन कष्ट, भेडाबाख्रा मरे


admin
फाल्गुन १८, २०७५ शनिबार  १ : ०५ बजे

मार्तडी, १८ फागुन ।  बुधबारदेखि आएको लगातारको वर्षा र हिमपातका कारण जिल्लाको हिमाली गाउँपालिका– १, २ र ३ वडा विच्छ्याका स्थानीयवासीले निकै सास्ती भोग्न थालेका छन् । 

उक्त क्षेत्रमा रहेको गुम्बामा तीन देखि पाँच फिट हिउँ परेर जमेका कारण स्थानीयवासी घरबाहिर निस्कन नपाएर जनजीवन कष्टकर बनेको स्थानीय पत्रकार कल्सरी सुनारले जानकारी दिनुभयो । 

उहाँले दिएको जानकारी अनुसार सो गाउँपालिकाका उच्च भेगमा पर्ने युना, गुम्बा लगायतका दर्जनौ बढी स्थानमा भएको बाक्लो हिमपातका कारण एक दर्जन बढी पशु चौपाया मरेको छ ।

हुम्ला सिमिकोट गाउँपालिका डाडाँफयाका कपिल सुनारले चरीचरनका लागि गुम्बा ल्याएका ४५ वटा भेडाबाख्राहरु पालमाथिको हिउँले च्यापिएर मरेको पत्रकार सुनारको भनाई रहेको छ । 

सो क्षेत्रमा लगातारको बर्षाले स्थानीयलाई घरबाट बाहिर निस्किन र पशुचौपायालाई चरीचरन र घाँसपानी गर्न समेत निकै कठिन भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल्ले बताउनु भयो । 

यो क्षेत्र जिल्लाको विकट गाउँपालिका हो । त्यो क्षेत्रमा लगातार बर्षासँगै हिउँ पनि परिरहेको स्थानीयबासीको भनाइ छ । लगातारको बर्षाले बाटो भत्किंदा गुम्बा र युनाका स्थानीयलाई आवतजावत गर्न पनि निकै समस्या भएको छ । गाउँपालिकाको तीन वटै वडामा हिमपात बाक्लो भएकाले विद्यालय पुर्ण रुपमा बन्द भएका छन् । सो क्षेत्र सदरमुकाम मार्तडीबाट चार दिनको पैदल यात्रामा रहेको छ । 

लगातारको वर्षा र हिमपातले गर्दा ग्रामिण क्षेत्रका स्थानीयहरुले निकै सास्ती भोग्नु परेको छ । माघ पहिलो साताबाट सुरु भएको जिल्लामा हिमपातले ग्रामीण सडकसमेत अवरुद्ध बन्दै गएका छन् । मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा बाक्लो हिउँ जमेका कारण उक्त क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् । 

मार्तडीबाट कोल्टीमा संचालन हुदै आएका जीप र माल बाहक ट्याक्टर समेत सदरमुकाममा थन्किएका छन् । पोरखे लेकमा पाँच फिट बढी हिउँ जमेका कारण अझै हिउ पग्लन समय लाग्ने भएकाले मार्तडी आउने र कोल्टी जाने यात्रुसमेत हिडेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

हिउँ बढी भएका कारण आवतजावत गर्न निकै समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय जीत बहादुर शाहीले बताउनु भयो । 
यहाँ वर्षा नरोकिएका कारण अत्याधिक रुपमा चिसो बढेको छ । चिसोका कारण जिल्ला अस्पताल बाजुृरामा विरामीहरुको घुईचो लाग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

चिसोबाट वृद्धवृद्धा,बालबालिका र दीर्घरोगी बढी प्रभावित भएको जिल्ला स्वाथ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनु भयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आश्वासन धेरै, उपलब्धि न्यून—सरकारको समीक्षा कडा

मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com