ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलोत्तमा गोल्डकप : नेपाल पुलिस क्लब सेमी फाईनलमा प्रवेश


sharan sharan


बुटवल, ७ फागुन ।
रुपन्देहीमा जारी २१ औ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लबका विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दार्जिलिङ्ग युनाईटेड भारतलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाईनलमा पुगेको हो । पुलिसको जितमा रबि पासवान नायक रहे । उनले ब्यक्तिगत एक गोलसंगै अर्को एक गोलका लागि अवसर सृजना गरेका थिए ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी टेक्निकल सेन्टरलाई खेलमैदान शुरुवातमा दाजिलिङ्गले आक्रमक खेल प्रदर्शन गरेको थियो । खेलको २० औ मिनेटमा दाजिलिङका कनोज केले पुलिसको डिफेन्सको कमजोरीको अवसरलाई सदुपयोग गर्दै गरेको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले विफल पारिदिए । यसैगरि पुलिसका रबि पासवानले २२ औ मिनेटमा गरेको प्रहार पोष्टमा लागेर फर्किएक‍ो थियो ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो हाफको ईन्जुरी समयमा पुलिसका रबि पासवानले गोल गरे । उनले वन भर्सेज वानमा दाजिलिङ्गका गोलकिपर सन्जिव राउतलाई विट गर्दै ग‍ोल गरेका थिए । पहिलो हाफमा गोल खाएपछि सम्हालिएको खेल प्रदर्शन गरेको दाजिलिङ्गलाई भाग्यले पनि साथ दिएन । धेरै गोलका अवसरहरु दाजिलिङ्गका स्ट्राईकरले गुमाए ।
खेलको ६८ औ मिनेटमा पुलिसका मिलन राईले जालि चुमाईका थिए ।
खेलमा विजयी टिमका प्रहरीका रबि पासवान म्यान अफ द म्याच घोषित हुदै नगद १० हजार र कपबाट पुरस्कृत भएका छन । प्रतियोगिता अन्तरगत बुधबार समुह ए को क्वाटरफाईनल खेलमा झापा –११ ले दाफिन्स एफसी क्यामरुनको सामना गर्ने छ ।
प्रतियोगितामा प्रथम हुनेले ८ लाख ८० हजार, द्वितिय हुनेले ५ लाख ५० हजार पुरस्कार र शिल्ड पाउने जिल्ला फुटवल संघले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीले एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले २५–२५ हजार रुपैया र शिल्ड पाउने छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com