ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपहाडी लोकमार्ग साढे छ घण्टा बन्द हुने


admin
माघ २९, २०७५ मंगलबार  ७ : ४६ बजे


पर्वत, २९ माघ । निर्माणाधीन मध्यपहाडी लोकमार्ग दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । सडक विस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँ पुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको खण्डमा बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द गर्ने निर्णय भएको हो ।

बिहान १० बजेदेखि अपराह्न साढे २ बजेसम्म र अपराह्न १६ः३० बजेदेखि ७ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । 

लोकमार्गको डिमुवादेखि बेतनी बिचको माहुरी भिर, चुवाको भिर र अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको उहाँले बताउनुभयो ।

मध्यपहाडी सडक निर्माण आयोजनाअन्तर्गत लामा कन्ट्रक्सन प्रालिले उक्त खण्डमा निर्माणको काम तीव्र पारेको छ । “महभीर, चुवा र अर्मादीको भिरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय गरिएको हो”, आयोजना प्रमुख आशिष थापा मगरले भन्नुभयो । 

त्यस्तै महभिरको वैकल्पिक मार्ग बनाउनका लागि मोदी गाउँपालिका र चुवामा वैकल्पिक मार्ग बनाउन कुश्मा नगरपालिका र तल्लो मोदी जलविद्युत् आयोजनासँग समन्वय गर्ने तयारीसमेत भएको छ । आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । 

कम्पनीले रु ८३ करोड ९८ लाखमा सो खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म ३५ प्रतिशत काम सकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्दप्रसाद भुसालले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com