ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भैरहवामा बाल सुधार गृहबाट ६ जना कैदि फरार


admin
माघ २९, २०७५ मंगलबार  ५ : १५ बजे


भैरहवामा,२९ माघ । बाल सुधार गृहमा विभिन्न अपराधमा सजाय भोगी रहेको ६ जना थुनुवा कैदि सोमबार राती फरार भएका छन् ।

भैरहवामा रहेको बाल सुधार गृहमा रहेका चोरी मुद्यामा संलग्न चार र जबरजस्ती करणी मुद्यामा संलग्न दुई गरी ६ जना कैदि थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिएका छन ।

भाग्ने क्रममा लहै लहैमा लागेर दुई दिन पछि छुट्ने थुनुवा पनि भागेको प्रहरी प्रमुख थापाले बताएका छन । कारागारलाई बाल मैत्रि बनाउनका लागी गत वर्ष देखी १८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई जिल्ला कारागार देखी बाहिर बाल सुधार गृह राख्न थालीएको थियो ।

सोमबार राती १२ बजेको समयमा उनिहरुले सुधार गृहमा रहेको आफुहरु बस्ने कोठाको झ्याल निकाली त्यसबाट बाहीर निस्कीएर कम्पाण्ड वालमा लगाएको काडेतार हटाएर फरार भएको सुधार गृहका प्रमुख सुभद्रा गौतमले बताईन । सुधार गृह असईको कमाण्डमा १० जना प्रहरी सुरक्षार्थ रहेका थिए ।
फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह नगरपालिका ७ रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी गाउँपालिका ४ प्युठानका १६ वर्षीय सुरेश घर्ती रहेका छन् ।

त्यसैगरी चोरी मुद्दामा एक महिना १५ दिन सजाय र ८८ हजार एक सय रुपैयाँ जरिवाना तोकिएर तानसेन नपा ३ पाल्पाका १७ वर्षीय सन्दीप रणपाल छन् ।

त्यस्तै चोरी मुद्दामा एक महिना कैद र २ लाख ५२ हजार जरिवाना तोकिएर सजाय भुक्तान गरिरहेका विरुवा गापा ४ स्याङ्जाका १७ वर्षीय अनिश थापा, चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार ३ उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उपमनपा ८ का १५ वर्षीय राजेश सुनार फरार भएका हुन । सुधार गृहमा ७२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com