ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जमा स्थानीय तहका उजुरी धेरै


admin
माघ २८, २०७५ सोमबार  ४ : १० बजे

राँझा, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा स्थानीय तहका उजुरी धेरै परेका छन् । सम्पर्क कार्या नेपालगन्जका प्रमुख गणेश गैरेले स्थानीय तहका १२७ उजुरी परेको बताउनुभयो ।

उहाँका अनुसार अख्तियार सम्पर्क कार्यालय नेपालगन्जले चालू आर्थिक वर्षमा आठ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा बाँकेको रहेका छन् । 

बाँकेको सिक्टा सिँचाइ आयोजना, यातायात व्यवस्था कार्यालय भेरी, सशस्त्र प्रहरी बल नौबस्ता बाँके, नौबस्ता डिप बोरिङ उपभोक्ता समिति बाँके, त्रिभुवन मावि कोहलपुरको अख्तियारमा मुद्दा परेको हो ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले पप्पुले बनाएको जब्दीघाट पुल निर्माण बर्दिया, साविक जिल्ला कृषि विकास कार्यालय दैलेख र नेपाल टेलिकम दूरसञ्चार कार्यालय दाङविरुद्ध मुद्दा दायर गरेको छ । 

अख्तियार नेपालगन्ज कार्यालयमा शिक्षाका ७७, वनका ४९, भूमिका ३०, गृहमा २२, स्वास्थ्य तथा जनसङ्ख्याका १३, भौतिक पूर्वाधार तथा यातायातका १३, ऊर्जा जलस्रोत तथा सिँचाइका ११, कृषि तथा पशुपक्षीका ११ वटा उजुरी परेका छन् । 

आव २०७५-७६ को माघ २६ गतेसम्ममा सम्पर्क कार्यालयले आठ वटा तीव्र कारवाही (स्टिङ अपरेशन) गरेको छ । उक्त स्टिङ अपरेशनमा १३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

अख्तियारले अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगञ्ज , गुलरिया नगरपालिका बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखरी, राजापुर नगरपालिका बर्दिया, दाङमा आफूलाई वडाध्यक्ष बताउने व्यक्ति, भूमि सुधार तथा मालपोत कार्यालय बाँके, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेत, सव डिभिजन वन कार्यालय बाँकेमा स्टिङ अपरेशन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षकलाई केन्द्रीय कार्यालयबाट आएको टोलीले रङ्गेहात पक्राउ गरेको हो । अख्तियार सम्पर्क कार्यालय, नेपालगञ्जमा चालू आवको पुस मसान्तसम्ममा १७६ वटा उजुरी परेका छन् ।

त्यसमध्ये ३४ उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको प्रमुख गैरेले जानकारी दिनुभयो । यो अवधिमा बर्दियामा ८९ उजुरी परेका छन् भने १६ वटाको प्रारम्भिक अनुसन्धान सकिएको छ । दाङका ८८ वटा उजुरी परेका छन् । नौ वटा उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com