ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरबाट अवैध हतियारसहित एक जना पक्राउ


admin
माघ २४, २०७५ बिहीबार  ३ : ०० बजे

 
हेटौँडा, २४ माघ ।  मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा देउराली डाँडाका ३३ वर्षीय देवान सिंह मोक्तान रहेको छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि र प्रहरी चौकी भार्ताबाट खटिएको टोलीले घरको पछाडि खरमुनि लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक एक थान, सानो कटुवा पेस्तोल एक थान र चरेस बनाउने धुलो पाउडर दुई किलोसहित उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पक्राउ परेका मोक्तानलाई आवश्यक कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालयका निरीक्षक मधुकर थापाको नेतृत्वमा खटिएको टोलीले हेटौँडा–१९ बाट ७४ किलो गाँजासहित एक वृद्धालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ७० वर्षीय चन्द्रबहादुर भोलन रहेका छन् । भोलनको घरबाट १६ किलो गाँजा वरामद भएको छ भने सोही स्थानका पूर्णबहादुर भोलनको घरबाट ३२ किलो तथा बुद्धिलाल भोलनको घरबाट २६ किलो गाँजापनि वरामद गरी जफत गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै १६ वर्षीय बालिकालाई बलात्कार गरी ३ महीनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिकको दोस्रो हप्तामा बालिकालाई बलात्कार गर्ने अभियोग लागेका मकवानपुर कैलाश गाउँपालिका–३ का २३ वर्षीय प्रवीन भन्ने विष्णुप्रसाद भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भुजेलले बालिकालाई आफ्नो नामसहित परिवर्तन गरी फोनमार्फत बोलाएर कैलाश–१० स्थित जङ्गलमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

नेकपा संयोजन समितिको बैठक आज बस्दै

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख १८ हजार परीक्षार्थी

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com